back
CTIZAN AD

‘स्पोर्टश अर्वाड २०१७’ कार्यक्रम भव्य रुपमा सम्पन्न

वि.सं.२०७४ पुस १८ मंगलवार

858 

shares

नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाले आयोजना गरेको ‘स्पोर्टश अर्वाड २०१७’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
होटेल ग्राण्ड कन्टिनेन्टल क्वालालम्पुरमा भब्यरुपमा सम्पन्न भएको कार्यक्रममा कराते लगायत विभिन्न १४ वटा विद्यामा मनोनित बिशिस्ठ ब्यक्तित्वहरुलाई अवार्ड प्रदान गरि सम्मान गरिएको हो ।
कराते संघ मलेसियाका अध्यक्ष योगेन्द्र कोइरालाको सभापतित्वमा सुरु भएको यस कार्यक्रमका प्रमुख अतिथिमा नेपाली राजदूताबास मलेसियाका कार्यबाहक राजदूत कुमार राज खरेल साथै विशेष अतिथिमा टेक बहादुर बिक ,चोलाकान्त पङ्गेनी, रामचन्द्र गिरि, राम कुमार तामाङ, रितुराज तामाङ,फुर्वा तामाङ लगायतका रहेका थिए ।

अवार्ड पाउनेमा बर्ष २०१७ का कराते खेल तर्फका अन्तरास्ट्रिय कराते खेलमा पदक प्राप्त गर्ने खेलाडी राम तामाङ,नोर्बु तामाङ, राम आङदेम्बे, भिम बहादुर महर, सन्तोष रिजाल र अन्तर्राष्ट्रिय रेफ्रिमा नेपालको तर्फबाट धेरैपटक भाग लिएकी लक्ष्मी क्षेत्रीलाई प्रदान गरिएको हो । २०१७ भरिमा १ रजत पदक र ४ कास्य पदक प्राप्त गरि अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उच्च बनाएको ठहर गर्दै बेस्ट या द इयर २०१७ को अवार्ड खेलाडी तुलाराम धामीलाई प्रदान गरियो ।


साथै प्रवासमा बसेर पनि थारु समुदायलाई संगठित गर्न सफल भएकोमा र पत्रकारिताको माध्यमबाट थारु लगायत नेपाली श्रमिकहरुको निम्ति कलम चलाए बापत, नेपालीहरुको निम्ति कलमको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै बर्षको उत्कृष्ट पत्रकारिता अवार्ड ‘ द बेस्ट जर्नालिस्ट न्युज रिर्पोटर अर्वाड २०१७’ पत्रकार, समाजसेवी घनश्याम चौधरी उर्फ आरएन चौधरी थारुलाई कार्यक्रमका सभापति योगेन्द्र कोइराला, प्रमुख अतिथि कार्यबाहक राजदूत कुमार राज खरेल, विशेष अतिथि र मलेसियाका वरिष्ठ पत्रकार कान्तिपुर दैनिकका मलेसिया सम्बादाता राम चन्द्र गिरि (आरसी गिरी) को हातबाट संयुक्त रुपमा प्रदान गरिएको थियो ।


त्यसैगरी बर्षभरी समाजिक काम तथा नेपाली पिडित श्रमिकहरुको हकहितमा काम गरे बापत पिएनसीसीका संयोजक राम चन्द्र नेपाल र एनआरएनए मलेसियाका महासचिव लाल बहादुर आले मगर उर्फ सुन्दर आलेलाइ प्रदान गरिएको थियो ।

साथै गायन क्षेत्रमा बिगत लामो समय देखि लागि परेकी रोजी श्रेष्ठ र लोकदोहोरी तथा आधुनिक गायक कोष बम्जन तामाङलाई प्रदान गरेको थियो । साहित्यिक बिद्यामा लामो समयदेखि कलम चलाए बापत साहित्यतर्फ दिएको योगदानलाई कदर गर्दै जीवन देवान गाउँलेलाई , खेलकुदको क्षेत्रमा अमुल्य योगदान र सहयोग गर्दै आइरहेका हिमालयन फुटबल क्लबका अध्यक्ष सन्तोष कार्कीलाई र हास्य कलाकारको अवार्ड अमिर अधिकारी र स्थानीय कलाकारहरुलाई कार्यक्रमका सभापति, प्रमुख अतिथि,विशेष अतिथिको हातबाट संयुक्त रुपमा प्रदान गरिएको थियो ।
नेपाली प्रवासी सितोरियो कराते संघ मलेसिया प्रमुख आयोजक रहेको यस अवार्ड कार्यक्रमको संचालन हास्य कलाकार अमिर अधिकारीले गरेका थिए भने उद्घाटन प्रमुख अतिथि,सभापति,विशेष अतिथिहरुले संयुक्त रुपमा दिप प्रज्वलन गरि गरेका थिए भने यस कार्यक्रमको प्रायोजकमा हिमालय फुटबल क्लब, मण्डला रेष्टुरेन्ट, उग्रतारा रेष्टुरेन्ट, एभरेष्ट रेष्टुरेन्ट, पङेनी हुमन रिसोर्स, हिमालयन एयरलाइन्स,परदेशी रेष्टुरेन्ट,नेटफार ग्लोबल, लाङाली मोबाइल पसल, थापा ईन्टरप्राइज लगायतको रहेका छन् । भने मिडिया पार्टनरमा नयाँ अनलाइन ,मुग्लान डटकम,हमार सनेश ड्टकम रहेका थिए ।

वि.सं.२०७४ पुस १८ मंगलवार ११:०४ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...