back
CTIZAN AD

वर्ल्ड इनोभेसन फोरममा नेपाल सहभागी हुने

वि.सं.२०७४ पुस २२ शनिवार

1K 

shares

 

२२ पुस, काठमाडौं : स्विट्जरल्यान्डको लुश्रेनमा हुने पहिलो वर्ल्ड इनोभेसन फोरममा नेपालले विशेष सहभागिता जनाउने भएको छ । छानिएका चार उद्यमशील नवसिर्जनाका ‘स्टार्टअप’ सोचहरूसहित नेपालले सहभागिता जनाउन लागेको हो । नेपालमा नवीतम प्रविधि र आविष्कारहरूलाई प्रबद्र्धन गर्ने मूल उद्देश्यसहित आयोजना गरिएको तीन दिने नेपाल स्वीस टेक्नोलोजी ट्रान्सफर कार्यशालाबाट ती स्टार्टअप सोचहरू छानिएका हुन् ।

स्विट्जरल्यान्डका नेपाली डायस्पोराद्वारा स्थापित नेप्लिज साइन्टिफिक एसोसिएसन इन स्विट्जरल्यान्ड (नेप्सास) द्वारा नेपालस्थित एसडीसीको सहयोगमा काठमाडौंको गेट कलेजमा आयोजना गरिएको कार्यक्रममा नेपालभरिका ५० भन्दा बढी नवआविष्कारमा संलग्न युवाहरूको सहभागिता थियो ।

प्रविधिजन्य क्षेत्रमा नेपालभरिकै रचनात्मक सिर्जनामा संलग्न व्यक्ति तथा समूहबाट आवेदन माग गरि परियोजनाको खाका प्रस्तुत गर्न लगाइएकोमा प्राप्त ५०० आवेदनमध्येबाट ५० जना छनोट गरिएको नेप्सासका अध्यक्ष रञ्जन मिश्र बताउनु हुन्छ ।
ती छानिएका ५० जना सहभागीहरूलाई विभिन्न चरणमा प्रविधि हस्तान्तरण, परियोजना विकास र सञ्चालनका तौरतरिकाहरूबारे उद्यम, व्यवसाय, प्रविधि, वित्त, व्यवस्थापन, चिकित्सासहितका क्षेत्रका विज्ञहरूले प्रशिक्षण गरिएका थियो् । नानो टेक्नोलोजी विज्ञ तथा सिंगापुर युनिभर्सिटीका पूर्व डिन श्रीराम रामकृष्णननले समेत विशेष अतिथिका रुपमा सहभागीहरूलाई प्रशिक्षित गर्नु भएको थियो ।

प्रतियोगिताबाट छानिएका चार ‘स्टार्टअप’हरूले स्विट्जरल्यान्डमा आयोजना हुने पहिलो वल्र्ड इनोभेसन फोरममा सहभागिता जनाउने मिश्रले जानकारी दिनु भयो । “नेपाल अहिले विश्वव्यापी आविष्कारहरूमा नेपाल १२९ औं स्थानमा छ भने स्विट्रल्यान्ड नवसिर्जनाहरूमा विश्वकै पहिलो स्थानमा छ । जुन देशमा यस्ता आविष्कारहरू, विज्ञान तथा प्रविधिको बढी विकास र उपयोग भएको हुन्छ, त्यसले आर्थिक रूपमा पनि उन्नति गरेको अध्ययनले देखाएको छ,” वल्र्ड इनोभेसन फोरमका नेपालका लागि राजदूत खेम लकाईंले भन्नुभयो, “विश्वमा आविष्कार तथा नवसिर्जनाका
क्षेत्रहरूमा भइरहेका नयाँ–नयाँ अभ्यास नेपाल भित्र्याउन यस्ता कार्यक्रमले योगदान दिनेछन् ।”

आगामी वर्षदेखि यस्तो प्रतियोगितालाई अझ देशव्यापी बनाएर त्यसलाई अन्तर्राष्ट्रिय इनोभेसन फोरमसँग आवद्ध तुल्याउने प्रतिबद्धता लकाइले व्यक्त गर्नुभयो । आगामी जुन २०१८ मा स्विट्जरलान्डकै लुश्रेनमा हुने पहिलो वल्र्ड इनोभेसन फोरमलाई विश्व आर्थिक मञ्चकै समकक्षी अन्तर्राष्ट्रिय आविष्कार तथा नवसिर्जना मञ्चका रूपमा विकास गरिरहिएको छ ।

वि.सं.२०७४ पुस २२ शनिवार १५:१२ मा प्रकाशित

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...

करार कर्मचारी व्यवस्थापनः सेवानिवृत्तलाई बिदाइ

करार कर्मचारी व्यवस्थापनः सेवानिवृत्तलाई बिदाइ

काठमाडौँ । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त...