back
CTIZAN AD

अदुवा प्रशोधनबाटै मासिक २ लाख कमाउँछन् राई

वि.सं.२०७४ पुस २२ शनिवार

933 

shares

२२ पुस, भोजपुर । लगानीअनुसारको मूल्य नपाएर अधिकांश किसानको अदुवा बारीमै कुहिदै गएको बेला अदुवा प्रशोधन गरेर यहाँका एक किसानले राम्रो आम्दानी लिइरहेका छन् ।

भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिका रानीवासका बुद्धिमान राईले अदुवाबाट विभिन्न प्रकारका अचार बनाई त्यसको बिक्रीबाट लाखौँ आम्दानी गर्न सफल भएका हुन् ।

उनलेले अदुवा प्रशोधनबाट आफ्नो परिवार मात्रै पालेका छैनन्, गाउँका थुप्रैलाई रोजगार समेत दिएका छन् । सामान्य तालीम लिएर विगत १२ वर्ष अघिबाट यो पेशा अपनाएका राईले विसं २०६६ मा आफ्नी श्रीमतीको नाममा मीना वइथ ज्योति उद्योग दर्ता गरी अदुवा प्रशोधन थालेका थिए । उनले अदुवाबाट अदुवा जिन्जर, क्यान्डी, डस्ट, पाउडर, सुठो र अचार बनाउछन् ।

अदुवाबाट विभिन्न परिकार बनाएर बेच्दै आएका राईको प्रशोधन केन्द्रमा मात्रै मासिक दुई क्विन्टल जति अदुवा खपत हुने गरेको छ । “अहिले प्रशोधन केन्द्रमा दुई क्विन्टल अदुवा खपत हुन्छ, यो सबै अदुवा गाउँघरबाट नै बटुलेको हुँ” राईले भने । उनले वार्षिक रु पाँच लाख मूल्य बराबरको अदुवाको परिकार बिक्री गरी त्यसबाट करिब रु दुई लाख नाफा कमाउछन् ।

“व्यावसायिक रूपले खेती गर्ने ठूला किसानले रासायनिक विषादीको प्रयोग गर्छन्” उनी भन्छन्, “त्यही भएर गाउँघरमा उत्पादन भएको अदुवा किन्छु ।” विभिन्न समस्याले गर्दा सुरुवाती समयमा अनावश्यक झण्झट खेपेका राईले यसको व्यवसाय बढेसँगै आम्दानी मात्र नभई प्रशंसा पनि बटुल्ने गरेको सुनाउछन् ।

“जति बेला मैलै यो उद्यम शुरु गरेँ, त्यति बेला त छिमेकीबाट पनि सहयोग पाइँन्, राम्रो बजारीकरण पनि थिएन, अन्य मानिसलाई पनि यसका बारेमा बुझाउन समस्या प¥यो” राई भन्छन्– “अहिले पनि बजार मूल्य त राम्रो पाएको छैन तर बनाइसकेका परिकार खेर चाँहि फाल्नु पर्दैन । यहाँ उत्पादित अचार धरानको बराह डिपार्टमेन्ट, इटहरीको गोर्खा डिपाटमेन्टल स्टोर्स, भोजपुर सदरमुकामको उद्योग वाणिज्य संघ र विभिन्न ठाउँको मेलामा निर्यात हुने गरेको छ ।

यस्ता वस्तुको माग स्वदेशमा भन्दा पनि विदेशमा बढी हुने गरेको अनुभवउहाँको छ । “यहाँ त अहिले पनि अदुवाको अचारभन्दा सर्वसाधारणले बुझ्दैनन् तर बाह्य पर्यटकका लागि भने यही अचार राम्रो छ” कर्मचारी व्यवस्थापक तीर्थकुमारी थापाले बताइन् ।

यो व्यवसायमा उनले एक जना महिला व्यवस्थापकसहित कामको प्रकृति हेरेर २०÷२५ जनालाई समेत रोजगारी दिएका छन् । “आफू हिँडिरहनुपर्छ, त्यही भएर मान्छे राखेको छु” उनी भन्छन् “उनीहरूलाई नियमित रुपमा कम्पनीकै मूल्यअनुसारको तलब छ ।”

नेपालमा भने यस्ता वस्तुबारेमा जानकारी नभएकाले बजारीकरणमा समस्या हुने गरेको उनको भनाई छ । “यहाँका मान्छे बाहिरी अखाद्य पदार्थ भने खान्छन् तर हामीले अग्र्यानिक तवरले बनाएको परिकार भने खाँदैनन्” उनले भने ।

वि.सं.२०७४ पुस २२ शनिवार १०:३३ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

ढोरपाटन (बागलुङ) । तीन वर्ष अघिसम्म बडिगाडका महिला चुलोचौको र...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...