back
CTIZAN AD

भुई स्याउ र किबीफल प्रशोधन केन्द्र स्थापना हुने

वि.सं.२०७४ पुस २२ शनिवार

720 

shares

२२ पुस, सल्लेरी, सोलुखुम्बु । सोलुखुम्बु दूधकौशिका गाउँपालिका–१ नेलेमा किबी फल र भुई स्याउको प्रशोधन केन्द्र स्थापना हुने भएको छ ।

कृषि विकास मन्त्रालयमार्फत बागवानी केन्द्रको ५० प्रतिशत अनुदानमा एनप्याक प्राइभेट लिमिटेडले प्रशोधन केन्द्र खोल्न लागेको हो ।

किबी र भुई स्याउको प्रशोधन केन्द्र खोल्नका लागि बिहीबार मात्र स्थलगत अनुगमन गरिएको बागवानी केन्द्र फाप्लु सोलुखुम्बुका सूचना अधिकारी प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

बागवानी केन्द्रका प्रमुख चन्द्रमान श्रेष्ठको संयोजकत्वमा जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुका वरिष्ठ कृषि विकास अधिकृत नेत्र भण्डारी, कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक पूर्णराज कार्कीसहितको टोलीले प्रशोधन केन्द्र स्थापनाका लागि सो ठाउँ उपयुक्त भएको निष्र्कष निकालेको छ ।

प्रशोधन केन्द्र स्थापनाका लागि सरकारले रु ७५ लाख लागानी गर्ने बागवानी केन्द्रका प्रमुख चन्द्रमान श्रेष्ठले जानकारी दिए । चालु आव २०७४÷७५ भित्र प्रशोधन केन्द्र स्थापना गरिसक्नुपर्ने छ । प्रशोधन केन्द्रमा बजारमा बिक्री हुन नसकेका विभिन्न फलफूल प्रशोधन गरेर जुस, जामलगायत तयार गरिने र किसानले फाइदा लिन सक्ने जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुका वरिष्ठ कृषि विकास अधिकृत नेत्र भण्डारीले बताए ।

पछिल्लो समय सोलुखुम्बुका अधिकांश कृषक भुई स्याउ र किबी खेतीतर्फ आकर्षित बन्दै गएका छन् । जिल्ला कृषि विकास कार्यालय, हिमाली आयोजना, प्याक्टलगायत परियोजनाको सहयोगमा विभिन्न क्षेत्रका किसानले २२ हेक्टर क्षेत्रफलमा किबी खेती गरेको कृषि विकास अधिकृत नेत्र भण्डारीले जानकारी दिनुभयो । अधिकृत भण्डारीका अनुसार किबीफल खेतीका लागि सोलुखुम्बुको हावापानी उपयुक्त मानिन्छ । यहाँका किसानले हेवार्ड र मुन्टे जातको किबी लगाएका छन् ।

वि.सं.२०७४ पुस २२ शनिवार १०:२४ मा प्रकाशित

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान (सुनसरी) । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले...

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...