back
CTIZAN AD

बैदेशिक रोजगार छाडेर बंगुरपालनमा पाल्पाका युवा

वि.सं.२०७४ पुस २२ शनिवार

906 

shares

२२ पुस, रामपुर, पाल्पा । पाल्पा जिल्लामा बंगुरपालन व्यवसायमा युवाको आकर्षण बढ्दो छ ।

बंगुरबाट राम्रै आम्दानी हुन थालेपछि यहाँका युवाले हिजोआज व्यावसायिक तवरबाट बंगुर पाल्न थालेका हुन् । पहिलापहिला गाउँघरमा परम्परागत तवरले एक दुई वटा बंगुर पाल्दै आइरहेका कृषकले अहिले व्यवस्थित र आधुनिक प्रविधिबाट व्यवसाय सञ्चालनमा ल्याएका छन् ।

जिल्ला पशुसेवा कार्यालयले बंगुरपालन व्यवसायमा सहयोग गर्न थालेपछि युवाको यस व्यवसायमा आकर्षण बढेको हो । छोटो समयमा धेरै आम्दानी लिन पाइने भएपछि धेरै युवाले यो व्यवसाय रोजेका हुन् । जिल्लामा ५० जनाभन्दा बढी युवा बंगुरपालन व्यवसायमा आबद्ध छन् ।

बंगुरपालन व्यवसायबाट राम्रो कमाइ हुने आशा देखेर रामपुरका सूर्यबहादुर रामजालीले सरकारी जागिर छाडेर यो व्यवसाय सञ्चालन गरेको हो । नेपाली सेनामा कार्यरत रामजालीले बीचमै जागिर छाडेर शुरु गरेको यो व्यवसायबाट एक वर्षमा करिब रु सात लाख बराबरको आम्दानी गरेको बताउनुहुन्छ । “बंगुरपालन व्यवसायबाट नसोचेको जति आम्दानी भएको छ, व्यवसाय शुरु गरेको दुई तीन वर्षभित्रमा नै लगानी उठिसकेको छ” उनले भने ।

विदेशबाट फर्केका र विदेश जाने तयारीमा रहेका चापपानी, तानसेन, झिरुवास, रामपुर, झडेवा, पालुङमैनादीका युवा बंगुरपालन व्यवसायमा आबद्ध छन् ।

बंगुरपालनका लागि धेरै लगानी गर्न नपर्ने, छोटो समयमा मनग्य आम्दानी लिन पाइने भएपछि वैदेशिक रोजगारी छाडेर यस व्यवसायमा रमाइरहेका छन्, यहाँका युवाहरु । पाठापाठी गाउँमै बिक्री हुने भएपछि व्यवसायमा झन हौसला बढेको व्यवसायीको भनाइ छ ।

एक वर्षमा चार पटकसम्म ब्याउने र एक वटा बंगुरले १२ देखि १६ सम्म पाठापाठी जन्माउने हँुदा प्रशस्त आम्दानी लिन सकिने चापपानीका कृषक ओमबहादुर सारु बताउँछन् ।

चापपानी साना किसान कृषि सहकारी, आत्मनिर्भर कृषि सहकारी संस्था पालुङमैनादी, अमरज्योति महिला कृषि सहकारी संस्था झडेवा, नयाँ कृषि अभियान कृषि सहकारी संस्था गाडाँकोट, शिवासन कृषि सहकारी संस्था यम्घा र काउले कृषि सहकारी संस्था झिरुवासलगायतका संस्थाले पशुसेवा कार्यालयको सहयोगमा सहकारी खेती बंगुरपालन कार्यक्रमअन्तर्गत समूहमा बंगुरपालन व्यवसाय गरिरहेका छन् । रासस

वि.सं.२०७४ पुस २२ शनिवार १०:१८ मा प्रकाशित

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

काठमाडौँ | एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म Veel ले आज नेपाल...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...