back
CTIZAN AD

जोर्नी प्रत्यारोपणपछिको जीवन, ह्वीलचेयरमा अस्पताल आएका बिरामीहरु हिँडेर घर फर्कन्छन्

वि.सं.२०७४ पुस २२ शनिवार

780 

shares

२२ पुस,काठमाडौँ: शल्यक्रियाको माध्ययमबाट जोर्नी प्रत्यारोपण गरेपछि बिरामीलाई पहिलेकै अवस्थामा सामान्य र उत्पादनशील जीवनमा फर्काउन सकिने आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीले बताएका छन् ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले सेवा सञ्चालन गरेको पाँचौँ वर्ष प्रवेशको उपलक्षमा अस्पतालको अर्थोपेडिक तथा ट्रमाटोलोजी विभागअन्तर्गतको जोर्नी प्रत्यारोपण, स्पोर्टस् मेडिसिन तथा आथ्रोस्कोपी युनिटले आज आयोजना जोर्नी प्रत्यारोपण परिवारको प्रथम भेला तथा अन्तरक्रियामा अस्पतालमा मेडिकल डाइरेक्टर तथा वरिष्ठ जोर्नी प्रत्यारोपण विशेषज्ञ डा चक्रराज पाण्डेले ह्वीलचेयरमा अस्पताल आएका बिरामीहरु हिँडेर घर फर्कने गरेको बताउनुभयो ।

बढ्दो उमेरसँगै जोर्नीहरु खिइने र बिग्रने, चोटपटक लागेर जोर्नी फुट्ने र कसैकसैमा जन्मजात भएको खराबीका कारण जोर्नी प्रत्यारोपण गर्नुपर्ने उल्लेख गर्दै उहाँले प्रत्यारोपण गरेपछि पलेँटी मारेर, टुक्रुक्क बस्न नहुने, रुख नचढ्न तथा शरीरलाई धेरै भार पार्ने काम नगर्न र शरीरको तौल नियन्त्रणमा राख्नुपर्ने बताउनुभयो ।

नेपालमै जोर्नी प्रत्यारोपण सेवा उपलब्ध भएपछि आफूहरुले निकै राहत महसुस गरेको जोर्नी प्रत्यारोपण गरेका व्यक्तिले बताएका थिए । दुई वर्षअघि सोही अस्पतालमा जोर्नी प्रत्यारोपण गराउनुभएकी काभ्रेपलाञ्चोकका ६८ वर्षीया सञ्चमाया तामाङले प्रत्यारोपणपछि आफू अपाङ्ग जीवनबाट मुक्त भएर सहज रुपमा हिँडडुल गर्न सक्ने भएको अनुभव सुनाउनुभयो ।

सो अवसरमा जोर्नी प्रत्यारोपण गराउनेमध्ये ७० प्रतिशत उपत्यकाबाहिरका रहेको र तीमध्ये पनि धेरैजसो महिला भएको जानकारी दिइयो । ग्राण्डी अस्पतालले पाँच वर्षको अवधिमा सयौँको घुँडा तथा नितम्बको सफल प्रत्यारोपण गरिसकेको जनाएको छ ।

वि.सं.२०७४ पुस २२ शनिवार १५:२५ मा प्रकाशित

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, २१ प्रतिशत वृद्धि कार्यान्वयनमा

आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, २१ प्रतिशत वृद्धि कार्यान्वयनमा

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ आजदेखि औपचारिक रूपमा सुरु...

पेन्सन पाएका कर्मचारीलाई अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

पेन्सन पाएका कर्मचारीलाई अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

काठमाडौं । सरकारले सरकारी सेवाबाट अवकाश लिएर निवृत्तिभरण (पेन्सन) वा...

आज देखि बढ्दैछन् यी क्षेत्रहरुमा कर, कुन क्षेत्रमा कति बढ्दैछ हेर्नुस्

आज देखि बढ्दैछन् यी क्षेत्रहरुमा कर, कुन क्षेत्रमा कति बढ्दैछ हेर्नुस्

काठमाडौं । सरकारले आजदेखि लागू हुने गरी विभिन्न वस्तु तथा...

मिटरब्याज पीडित र सरकारबिच वार्ता हुँदै

मिटरब्याज पीडित र सरकारबिच वार्ता हुँदै

काठमाडौं । मिटरब्याज पीडित सङ्घर्ष समिति र सरकारबिच सिंहदरबारमा आज...

एनआरएन नागरिकता वा एनआरएन कार्ड भएकाले अब बैंक खाता खोल्न सक्ने

एनआरएन नागरिकता वा एनआरएन कार्ड भएकाले अब बैंक खाता खोल्न सक्ने

काठमाडौं । अब गैरआवासीय नेपाली (एनआरएन) नागरिकता वा एनआरएन परिचयपत्र...