back
CTIZAN AD

नबिल फाउण्डेसनद्वारा धुलिखेल अस्पताललाई सहयोग

वि.सं.२०७४ पुस २२ शनिवार

1K 

shares

नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले जाडो यामलाई ध्यानमा राखेर धुलिखेल अस्पतालका बिरामीहरुका निम्ति ४०० थान सिरक साथै १०० थान सिरानी मिति २०७४ पौष १९ गतेमा आयोजित एक समारोह बिच नबिल बैंक संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्याल तथा नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवालले संयुक्त रुपमा अस्पातलका डिन राजेन्द्रप्रसाद कोजुलाई हस्तान्तरण गर्नुभयो ।

उक्त समारोहमा नबिल बैंकका तर्फबाट बैंक संचालक समितिका सदस्य उपेन्द्र पौड्याल, प्रमुख कार्यकारी अधिकृत सशीन जोशी, नायब महाप्रबवन्धक रमेश प्रसाद लोहनी तथा प्रशासन प्रमुख राजेश्वर लाल श्रेष्ठ लगायतका पदाधिकारीहरु समेतको उपस्थिती रहेको थियो ।

सो अवसरमा नबिल बैंक संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्याल तथा नविल फाण्डेसन संचालन समितिका अध्यक्ष दयाराम गोपाल अग्रवालले धुलिखेल अस्पतालले स्वास्थ्य सेवामा पर्याउदै आएको सेवाको सरहाना गर्नुका साथै आगामी दिनहरुमा अस्पतालले अझै प्रभावकारी रुपमा देशको कुना काप्चामा गई स्वास्थ्य सेवा पुर्याउने कुरामा आफुहरु विश्वस्त रहेको जनाउनु भयो ।

सोहीे अवसरमा धुलिखेल अस्पतालका डिन राजेन्द्रप्रसाद कोजुले अस्पताललाई नविल फाउण्डेसनले सिरक र सिरानी प्रदान गरेकोमा फाउण्डेसन तथा बैंक परिवारलाई धन्यवाद दिदै धुलिखेल अस्पतालले आगामी दिनहरुमा अझ बढी प्रभावकारी तथा उत्कृष्ट सेवाद्वारा बढी भन्दा बढी बिरामीहरुलाई लाभान्वित गराउने कुरामा अस्पताल ब्यवस्थापनको तर्फबाट आश्वस्त गराउनु भयो ।

वि.सं.२०७४ पुस २२ शनिवार १५:३६ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न्न कार्यक्रमहरु सम्पन्न...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स...

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

काठमाडौँ | एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म Veel ले आज नेपाल...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...