back
CTIZAN AD

सम्बन्ध चित्र

वि.सं.२०७४ पुस २३ आइतवार

933 

shares

म फक्रेर मुर्झाउने बेलाको फूल थिएँ
मेरो बाहिरी आवरण र
भित्रि वास्तविकता भित्र
छुट्टाछुट्टै रहस्य बेरिएका थिए
एकाएक देखिने त्यो दृश्य
बाहिर पहिरोले लडाउन लागेको
आवरणभित्र कठोर चट्टान
तर कति पनि विचलित नभई
विचारका निला आकाशहरु
उथलपुथल हुँदै उडिदिदा
थाहै भएन वादलभित्रको
चाँदीको घेरामा
नीलो बन्द आकासमा
भ्यागुतोझैं कुवाभित्र
कोहि थिएन अरु सायद
तिम्रो र मेरो मनभित्रको त्यो
फूल,सुगन्ध,समाधि
मिलन,समर्पण र मित्रको घेराभित्र उभिदा
त्यसैले थाहै नदिएर
सुटुक्क उडिदियौ
अनि त मनले गएर आकाश छोयो
फेरि धर्तीतिर नियाल्दै
कहिले पृथिवीलाई चुम्यौ
अनि आखाँ रसाउँदै तप्प
आँशुका थोपा झार्दै
आकाश र धर्तीबिचको दुरीलाई
मापन गर्‍यो
आफ्नै हिम्मत र साहस बटुल्दै
तिनै चुनौतीका
अग्ला–अग्ला पहाडहरु
छातिबाट टिपेर ल्याउँदै
आभाष ब्रह्मानन्दको
अखण्ड शून्यभित्र
महासमाधिमा पनि
साथै रहने पट चित्र
विवस र संत्रास छैन रतिभर
यो समाजकृत डोरीभित्र
अक्षूण्य संयोग गंगाको
जलधार निर्झरी मित्र यहाँ
मेरो गाउँ मेरो देश
पाखण्डीको चतुर्याईं
अज्ञानताको चेतना
बुद्धिजीवीका मुख्र्याईं
बुद्धको शान्त संदेशभित्रको
कोलाहल बोकेर
फुलिरहेको लालिगुराँस
आफैमा मिठो मुस्कान छर्दै
त्यही सुन्दरतालाई देख्न नसक्ने
तिनै राक्षसी प्रवृत्तिले
चुडिनु पर्दा एउटा फूलको
थुँगा मेरो हातमा थमाउँदै सोध्यौ
यो गुराँस र तिम्रो मुटुको रङ्ग एउटै हैन र ?
म झसङ्ग भएँ
देख्छु उनका आखाँ रसाइरहेका थिए

इति
राजविराज,सप्तरी नेपाल, हाल इज्रायल

कवि अर्याल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इज्रायल शाखाकी महासचिव हुन ।

वि.सं.२०७४ पुस २३ आइतवार ०३:३६ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...