back
CTIZAN AD

रियलद्वारा डिर्पोटिभोको पोष्टमा गोलको वर्षा, रोनाल्डो, बेल र नाचोको ब्रेस

वि.सं.२०७४ माघ ८ सोमवार

762 

shares

८ माघ, एजेन्सी । पछिल्ल्लो समय खराब लयमा रहेको रियल म्याड्रिडले आईतबार लालिगामा शानदार जित हात पारेको छ । आईतबार राति रियलको घरेलु मैदान सान्टिएगो बर्नेबाउमा भएको खेलमा रियलले डिर्पोटिभो ला करुनालाई ७- १ गोल अन्तरले हराउदै रियलले लालिगामा शानदार जित हात पारेको हो । पछिल्ला दुई खेलमा अचफ्नो घरेलु मैदानमा निकै खराब प्रदर्शन गरेको रियलले अन्ततः आफ्नो फर्मलाई  सुधार गर्दै विजयी यात्रामा फर्केको हो । रियलको जितमा ग्यारेथ बेल, रोनाल्डो तथा नाचो फर्नान्डेजले समान दुई दुई गोल गरे तथा रियलका लागि अकोृ गोल लुका मोड्रिचले गरेका थिए ।सुरुमा एड्रिएनको गोलबाट डिर्पोटिभोले अग्रता लिए पनि रियलले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो ।
जितसँगै रियलको १९ खेलबाट ३५ अंक सहित चौथौ स्थानमा रहेको । यतै शर्षि स्थानको वार्सिलोनाको २० खेलबाट ५५ अंक रहेको छ ।

वि.सं.२०७४ माघ ८ सोमवार ००:३६ मा प्रकाशित