
११ माघ, एजेन्सी । यति बेला स्पेनिश क्लब रियल म्याड्रिड कोपा डेल रे बाट बाहिरिएपछि यस बारेमा अनेक टिप्पणी हुन थालेका छन् ।
विपक्षीलाई कमजोर आक्नाले रियलले सिजनमा जित्नको लागि सबैभन्दा सजिलो मानिएको कोपा डेल रेबाट बाहिरिन प¥यो । यस कारणले रियलका प्रशिक्षक जिनेदिन जिदानको आलोचना भईरहेको छ । गत हप्ता सम्पन्न पहिलो लेगमा रियल लेगानेस भन्दा १- ० ले अगाडि थियो तर आफ्नै घरेलू मैदानमा विपक्षीलाई नतिजा सुम्पिन पुग्दा रियलको संकट यात्रा अझै गुज्रिएको छ ।
पहिलो खेलको जितलाई रोक्न मात्र सकेको भए रियल कोपा डेल रे बाट बाहिरिनु पर्ने थिएन ।
जिदानले प्रमुख खेलाडीलाई आराम दिएका थिए तर दोस्रो रोजाईका खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा रियलले हार बेहोर्न पुग्यो । अझ यस खेलमा फुल ब्याकको खराब प्रदर्शनले रियलले स्वभाविक हार बेहोर्न पुग्यो । लालिगामा ७ -१ को प्रभावशाली जित निकालेको केहि ३ दिनमै खराब हार बेहोर्न पुग्यो ।
लालिगामा वार्सिलोना भन्दा १९ अंक पछि परिसकेको अवस्थामा रियलले प्रमुख खेलाडीहरुलाई खेलाउन निकै आवश्यक थियो । गत हप्ता उच्च प्रदर्शन गरेका लुका मोड्रिच, मार्सेलो, बेल तथा रोनाल्डो जस्ता खेलाडीलाई टिममा नराख्नु नै रियलको प्रमुख हार मान्न सकिन्छ । यसलाई स्वभाविक रुपमा जिदानको ओभर कन्फिडेन्सको खराब नतिजा मान्ने कि ?