आजकल बिद्यार्थीहरुलाई परामर्श दिने परामर्शदाताहरुको संख्या दिन दिनै बढेको देखिन्छ । धेरै जसो परामर्शदाताहरुले बिद्यार्थीहरुलाई निस्वार्थ र बिज्ञ सेवा प्रदान गरि रहेका छन्, जसले गर्दा विद्यार्थी मात्र हैन, उनीहरुको परिवार, समाज र देशलाई नै फाइदा पुगेको छ । तर केहि परामर्शदाताहरु भने नामको लागि मात्रै निर्दोष बिधार्थिहरुको भबिश्यमाथि खेलवाड गरिरहेछनर त्यस्ता परामर्शदाताहरुको पहिचान गरि वास्तविक र निष्कपट परामर्शदाताहरुले कारवाही गर्नु पर्ने देखिन्छ ।
परामर्शदाता छान्दा बिध्यार्थीहरुले अपनाउनु पर्ने कुराहरु :
सर्वप्रथम अस्ट्रेलियामा बिद्यार्थी पठाउदा परामर्शदातालाइ अग्रेजी भाषाको केहि मात्रामा ज्ञान हुनु पर्दछ । तसर्थ, परामर्शदातालार्इ अंग्रेजीमा, आफ्नै अगाडी, कलमले कागजमा (कम्प्युटरमा हैन), वहांको अनुभवको बारेमा कम्तिमा एक अनुच्छेद (प्याराग्राफ) लेख्न लगाउने रे हेर्न, वहाको एक अनुच्छेद लेखाइबाट थाहा हुन्छ, ‘रानी पोखरीमा कति पानि छ भनेर’ ।
ठुला ठुला कुरा र संघ संस्थाको पदाधिकारी, म्यानेजिंग डाइरेक्टर हुँ कम्पनीको भन्ने जस्ता कुराको वास्ता नगर्ने संस्था खोल्न पनि सजिलो छ र कम्पनि खोल्न पनि सजिलो छ । आफ्नो कम्पनीमा आफुलाई जे टाइटल दिए पनि भो र त्यो सब ठुलो कुराको बिध्यर्थिलाई दिने परामर्श संग कुनै सम्बन्ध छैन ।
प्रवेशाज्ञा (भिसा) को निबेदन पनि गरिदिन्छु भन्यो भने अधिकार प्राप्त छ कि छैन सोध्ने र उनीहरुको सम्पर्क ठेगाना, इमेल, आदि दिन लगाउने, बिधयार्थिको आफ्नै इमेल मा लग इन गरेर दर्ता गर्न नदिने । पैसा सके सम्म बैंक बाट दिने, नगद दिएमा तेस्को रशिद लिने । बैंक लोन, पारपाचुके गरेको कागज जस्ता कागजात तयार गरिदिन्छु भनेर पैसा लिएमा, सो कागजात हरु सक्कली हो कि हैन, जांच बुझ गरेर मात्रै पेश गर्ने ।
ट्रैबुनल (न्याय्धिकरण), कोर्ट (अदालत) जस्तो ठाउमा अपिल (Appeal ) गर्छु भने सो गर्न पाउने हो कि हैन बुझ्ने किनकि यहा धेरैले ठगेको पाइएको छ ।
आफ्नो पढाइ छुट्यो वा बिचमा खाली (gap ) भयो, वा भिसा थप्दा वा बदर गर्न लागेमा “काबु बाहिरको परिस्थिति परेको देखाउन परेमा, वास्तविकता कसरि पेश गर्ने भन्ने बारेमा, जस्तो, बनावटी रुपमा, हजुरआमा हजुरबा मरेको, वा क्यान्सर भएको, डेडी ममी बिरामी भएको आदि कारणले Depression भएको, मनोरोग बिशेसज्ञ (Psychiatrist )वा मनोबैज्ञानिक (Psychologist) कोमा गएर उपचार गरि रहेको जस्ता कागजात पेश गर्दा सत्य नभएमा बहाना नबनाउने र बनाउन सल्लाह दिएमा बिश्वाश नगर्ने । बरु जुवा, रक्सि आदि को लतले गर्दा पढाइ छुटेको भए तेही तथ्यलाई पेश गर्ने । र सो संग सम्बन्धित निकाए संग परामर्श लिने, त्यस्तो लत पनि काबु बाहिरको परिस्थिति मानिन सक्छ ।
यस्ता किसिमका बहाना प्राय सबै लाइ थाहा भै सकेको छ । बिध्यर्थिले पनि, छोटो बाटो नरोज्ने, आफ्नो करिअर भन्दा पनि (पी आर) पाउन तिर मात्रै नलाग्ने । औषधिू किन्न परेमा “Cafe ” जाने वा टाउको दुखेमा साथि लाइ सोधेर औषधि खाने किसिमको प्रबित्ति छाड्ने र सके सम्म सम्बन्धित ठाउमा जाने र आफैले धेरै कुरा गुगल गरेर हेर्ने हो भने । फलानाले ठग्यो, बिश्वाश गरे, ठुलो अफिस थियोे, खैरे पनि थियो । अरु दुइजनाले त्यहि ठाउमा वहाँको कुरामा हो मा हो मिलाए । नगद नै माग्नु भो मेरै इमेल प्रयोग गर्नु भो जस्ता कुरामा भोलि गर्नु पर्दैन ।
(प्रस्तुत रचना, अष्ट्रेलियामा कार्यरत अष्ट्रेलियाको कानुनमा विद्यावारिधी गरेका सोलिसिटर डा शमशेर थापाको फेसबुक वालबाट लिइएको हो । )
वि.सं.२०७४ माघ ११ बिहीवार ०४:३२ मा प्रकाशित


























