back
CTIZAN AD

डिभिजन टू खेल्ने नेपाली टोलीको घोषणा, पौडेल र शाह नयाँ अनुहार अरु को को छन् टिममा ?

वि.सं.२०७४ माघ ११ बिहीवार

1K 

shares

११ माघ, काठमाडौं । डिभिजन टू खेल्ने नेपाली टिमको घोषणा भएको छ । प्रशिक्षक जगत टमाटा तथा क्याप्टेन पारश शाहले डिभिजन टूमा खेल्ने नेपाली टोलीको छनोट गरेका हुन् ।

एभरेष्ट प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका युवा क्रिकेटर रोहितकुमार पौडेल र अनिलकुमार साह राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाउन सफल भएका छन् ।

यू १९ का रोहित एभरेष्ट प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेका उनी ‘मोस्ट भ्यालुएबल प्लेयर’ बनेका थिए । टोलीमा समावेश अन्य खेलाडीहरुमा ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी र आरिफ शेख समावेश छन् ।

यस्तै सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी र दीलिपनाथ र ललित भण्डारी पनि टोलीमा अटाएका छन् ।

सुनिल धमला, ललित नारायण राजवंशी, सिद्धान्त लोहनी र किशोर महतो वैकल्पिक खेलाडीको सुचीमा समावेश गरिएको छ ।

डिभिजन टू फेब्रुअरीमा नामिबियामा हुँदैछ । राउन्ड रोबिन अन्तर्गत सन्चालन हुने यस प्रतियोगितामा ६ देश समावेश छन् । राउन्ड रोबिनका आधारमा शीर्ष दुईमा पर्ने टोली आगामी विशवकपको छनोट खेल्न पाउने छन् ।

वि.सं.२०७४ माघ ११ बिहीवार ०७:२७ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...