back
CTIZAN AD

टोकियोमा नेवा फूड फेस्टिवल २०१८ हुँदै

वि.सं.२०७४ माघ ११ बिहीवार

894 

shares


यहि आउँदो जनवरी २८ तारेखका दिन वर्ल्ड नेवाM अर्गनाईजेशन जापानको आयोजनामा टोकियोको इकेगामी काइकान हलमा नेवा नसा नख: २०१८ भब्य रुपमा सम्पन्न हुने भएको छ ।

जापानीहरु बीचमा नेवार खाना संस्कृतिको प्रबर्द्वन गर्ने उद्वेस्यले जापानमा पहिलो पटक नेपाल सम्बत ११३८ न्हुँ दंको उपलक्षमा नेवा फुड फेस्टिवल २०१८ सम्पन्न हुन लागेको आयोजकले जानकारी दिएको छ । जापानीहरुको उल्लेख्य सहभागि हुने भएको हुनाले यसपालिको नेवा नसा नख रोचक एवंम जापानीहरुको बीचमा नेपाली खाना र संस्कृतिको राम्रो छाप बस्ने कुराको जानकारी आयोजक कमिटिका प्रतिनिधि मासाहिरो यामाकावा (ब्यांचा दाई) ले बताए ।

कुमारी, लाखे नाच, धिमे बाजा, भुस्या बाजा तथा विभिन्न नेवार संस्कृति झल्कने भेषभुषाको प्रदर्सन तथा सास्कृतिक टिमले भब्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएको हुनाले उक्त दिन नेवार खानाको साथै नेपालको जात्राको प्रत्यक्ष अनुभव गर्न सकिने कुरा सांस्कृतिक कार्यक्रमका संयोजक सकुल प्रजापतिले जानकारी दिए ।

कुमारी, धिमे बाजा र लाखे नाचको प्रस्तुति एतिहासिक हुने कुरा धिमे बाजाका गुरु रुकेश गोसाईले बताए । उक्त कार्यक्रममा जापानी कलाकारहरु युको ओकामोतोले चर्या नाच र आकिको कुमेको बेजोड कला प्रस्तुत हुने भएको छ ।

नेवार खाना टिमले पाहुनाहरुलाई सर्वप्रथम समेबजिले स्वागत गरिने छ । समेबजिमा बजि, अण्डा, माछा, व, मना छोयला, छोयला, वाउंचा वाला, भुती वाला र केगु हुनेछ । त्यस्तै नेवाः नसा नखः मा छ्याला, बुल्ला, दाकुला, सिम्पू क्वाः, तःखाः ,सन्या खुन्या, वः, न्हेपू, छ्व क्वा, हेंयया ला, मिई क्वा, हाकु छोयला, जेरी, निम्की, मार्पा, लाखा मरी, सेल, अनर्था, ह्यांगु व तुयुगु पुरी ईत्यादी नेवार खानाहरु प्रस्तुत गर्ने लागेको कुराको जानकारी नेवार खानाका संयोजक नरेन्द्र कुमार शाक्य दिएका छन् ।

पाहुनाहरुलाई अलमलमा नपरोस भन्नका लागि खानाहरु कुन खाना के बाट बनेको र कता राखेको छ भन्ने कुराको जानकारी दिन पम्फ्लेट र प्रोजेक्टरमा बिबरण प्रस्तुत गर्न लागेको कुरा संस्थाका डिजिटल प्रतिनिघि सन्दिप नरसिं शाक्यले बताए ।

इन्द्रजात्रामा प्रस्तुत गर्ने हाथा द्यो तथा समे द्वंले जापानीहरुलाई थप आकर्षक गर्ने कुराको जानकारी संस्थाका प्रतिनिधि जनकराज शाक्यले बताए ।

जापानीहरुलाई नेपालको बारेमा जानकारी दिन नेपाल भ्रमण इन्फोर्मेशन स्टलको व्यवस्था गरिएको र नेपाल भ्रमण सम्बन्धिको जानकारी नेपालको पथ पर्यटकका बिज्ञ कृष्ण बदन जोशीले दिने छन् ।

जापानीहरु बीच भब्य प्रचारप्रसार भएको हुनाले उल्लेख्य जापानीहरु सहभागि हुन लागेको कुरा संस्थाका प्रतिनिधि ईन्दिरा सुजुकीले जानकारी दिइन । जापानबासी नेपाली संघ सस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता हुनेमा आफु ढुक्क भएको कुरा अर्को प्रतिनिधि ईस्वर जोशीले बताए ।

उक्त कार्यक्रम भरि wnojapan chpater को फेसबुकबाट लाईभ, भिडिओ र पाहुनाहरुको संग अन्तवार्ता ईत्यादि GMT international ले गर्ने भएको छ ।

जापान स्थित नेपाली राजदुत प्रतिभा राणाको प्रमुख आतिथ्यता तथा नेवाः जागरण मंच जापान, नेवाः गुठी जापान, नेवाः अन्तर्राष्ट्रिय फोरम जापान, जापानस्थित नेपाली राजदुतावास तथा एनआरएनए जापानको सहकार्यमा नेवाः नसा नखः २०१८ सम्पन्न हुन लागेको हो ।

उक्त फेस्टिवलमा सहभागि हुन अग्रिम टिकट बुकिंग गर्नु पर्ने भएको हुनाले आ–आफ्नो सीट सुरक्षित राख्न अनुरोध गरिएको छ ।

वि.सं.२०७४ माघ ११ बिहीवार ०६:५९ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...