back
CTIZAN AD

काँग्रेस जिल्ला कोषाध्यक्षको सम्मेलन आगामी चैत ७ र ८ गते

वि.सं.२०७४ माघ १२ शुक्रवार

789 

shares

१२ माघ, काठमाडौँ । नेपाली काँग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको दोस्रो राष्ट्रिय सम्मेलन आगामी चैत ७ र ८ गते नुवाकोटमा हुने भएको छ ।

काँग्र्रेस जिल्ला कोषाध्यक्षले यहाँ आज पत्रकार सम्मेलन गरी स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा दोस्रो राष्ट्रिय सम्मेलन नुवाकोटमा गर्न लागेको जानकारी दिइएको हो ।

काँग्रेस जिल्ला कोषाध्यक्ष सम्मेलनका संयोजक एवं काँग्रेस काठमाडौँका कोषाध्यक्ष गोविन्द पुडासैनीले ‘हामी बद्लिन्छौँ, काँग्रेस बदल्छौँ’ भन्ने मूल नाराका साथ सम्मेलन गर्न लागेको जानकारी दिए । “यो सम्मेलनले काँग्रेसलाई नवजीवन दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ”, उनले बताए ।

काँग्रेस जिल्ला कोषलाई सुदृढ, समृद्ध, पारदर्शी र जवाफदेही बनाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

जिल्ला कोषाध्यक्षका उपसंयोजक एवं धादिङका कोषाध्यक्ष बाबुकृष्ण सापकोटाले प्रथम राष्ट्रिय सम्मेलनबाट पारित भएका घोषणापत्रलाई अविलम्ब कार्यान्वयन गर्नका लागि दोस्रो सम्मेलनले दबाब दिने बताएका छन् ।

काँग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको पहिलो राष्ट्रिय सम्मेलन गत वर्ष पुुस ८ र ९ गते काठमाडौँमा भएको थियो ।

वि.सं.२०७४ माघ १२ शुक्रवार १४:१० मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...