back
CTIZAN AD

गायक बद्रिको मोदिलाई चेतावनी -विचार गर मोदिज्यू हेप्न नखोज–नेपालीको छातीमा टेक्न नखोज

वि.सं.२०७४ माघ १४ आइतवार

1K 

shares

भारतीय गणतन्त्र दिवसको उपलक्ष्यमा देउराली साँस्कृतिक मंचको आयोजना एवं सुपा देवी देउराली टुर्स एण्ड ट्रावल्सको प्रायोजकत्वमा भारतको राजधानी दिल्लीमा भएको भव्य एवं शानदार नेपाली साँस्कृतिक कार्यक्रममा बद्रिले यो नयाँ गित गाएका हुन ।
“विचार गर मोदिज्यू हेप्न नखोज, नेपालीको छातिमा टेक्न नखोज, नेपालको सिमाना मिच्न नखोज, हाम्रो देशको सिमाना मिच्न नखोज” भन्दै नेपाल र भारतको सम्बन्ध सधै राम्रो रहोस भन्न भ्याएका थिए । उनले यो गित सँगै सुरु गरेका थिए ।
नेपालको झण्डा उठाएर प्रस्तुति दिदै आएका बद्रिले सम्बोधन सँगै जय नेपाल, जय नेपाल आमा र जय नेपाली माटो भन्दै गाउन थालेका थिए ।
जनगायक जीवन शर्माको आगमनले गृहकल्याण केन्द्र एण्ड्रयूजगंजको प्रांगणमा दर्शकको भिड लागेको थियो । जब जनगायकले प्रस्तुति दिन थाले हजारौ दर्शकहरुलाई तरंगित गराइदिए । प्राय सबैले खुट्टा उचालेको देखिन्थ्यो ।
शर्माले मुलुकमा नयाँ आयाम देखिएको छ । अव तपाई हामी सबै देशमै सँगै बस्नु पर्छ, भन्दै सम्बोधन गरेका जिवनले सिमलि छायाँमा बसि भरिया लामो सास फेरेको भन्ने गित समेत गाउन भ्याएका थिए ।

नेपाली राजदूतावासका सँस्कृति विभाग काउन्सेलर प्रकाशराज पाण्डे प्रमुख अतिथि रहेको सो कार्यक्रममा नेपालका प्रमुख राजनैतिक दलहरुका प्रवासी जनवर्गिय संगठनहरुका प्रतिनिधिहरु काँग्रेस निकट जनवर्गिय संगठन नेपाली जन सम्पर्क समिति भारतका सह–महामन्त्री विष्णु प्रसाद पाण्डे, एमाले निकट प्रवासी नेपाली संघ भारतका अध्यक्ष लोकनाथ भण्डारी, राजमो निकट मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नगर समिति अध्यक्ष शिव के. सी., अखिल भारत नेपाली एकता मंचका जीवन शर्मा र आर.वि. खड्का र प्रवासी नेपाली जनसमाज भारतका कोषाध्यक्ष भिमकान्त घिमिरे विशिष्ट अतिथिको रुपमा रहेका थिए ।

सुपा देवी देउराली टुर्स एण्ड ट्रावल्सका अध्यक्ष जे.वि. थापा विशिष्ट अतिथिको रुपमा रहेको सो कार्यक्रममा भाइचारा संगठन भारत बचाओ अभियानका चेयरम्यान टि.डि. सिंह पनि विशिष्ट अतिथिको रुपमा रहेका थिए र एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजका सँस्थापक शेखर कुँवर, उपाध्यक्षद्वय राम नेपाल र टिकाराम कँडेल, महासचिव मोहन कार्कि सहित अन्य विभिन्न सामाजिक संघ सँस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा सम्मानित भएका थिए ।
साँस्कृतिक मंचका अध्यक्ष पिताम्बर खत्रीले अध्यक्षता गरेको सो कार्यक्रममा सुपा देवी देउराली टुर्स एण्ड ट्रावल्सका सँस्थापक उपाध्यक्ष विन बहादुर के. सी.ले स्वागत मन्तव्य दिएका थिए ।
ट्रावल्सका संयोजक दिल खत्रीले धन्यवाद ज्ञापन सहित सुपा देवी देउराली टुर्स एण्ड ट्रावल्सको बारेमा कुरा राख्दै सेवा र सुविधा सहित व्यबस्थित रुपमा नेपाल भारत आवागमनमा बसहरु संचालनमा ल्याएको वताएका थिए ।
खत्रीले “हामीले हाम्रा आफ्नै बसहरु संचालनमा ल्याएका छौं । यदि व्यबस्थापनमा कहि कतै कमजोरी देखिएमा हाम्रो कार्यालय सरोजनी नगर, पकौडा मार्केटमा सम्पर्क गर्न सक्नुहुनेछ” भनेका थिए ।
दिल्लीको अति लोकप्रिय ठाउ गृह कल्याण केन्द्र, एण्ड्रयूजगंजको सभाहल बाहिरको प्रांगणमा सम्पन्न भएको सो कार्यक्रममा राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा ख्यातिप्राप्त कलाकारहरु सम्झना भण्डारी, नारायण वि.पि. परियार, बिष्णु श्रीपाली, सुबोध पोख्रेल र राम गहतराजले दर्शहरुलाई नचाएका थिए । सुपा देवी देउराली टुर्स एण्ड ट्राभल्सले नयाँ वातानुकुलित बसको उद्घाटन समेत गरेको सो कार्यक्रमा नेपाली समूदायले भरपुर मनोरंजनको आनन्द उठाएका थिए ।

यसैबीच भारतको गणतन्त्र दिवसको अबसरमा देउराली साँस्कृतिक मन्चद्वारा आयोजित सास्कृतिक कार्यक्रममा  Carefor Cure र K I Nepal संयुक्त पहलमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरमा २५० भन्दा बढि ले BLK Superspeciality Hospital  वरिष्ठ चिकित्सकद्वारा निशुल्क स्वास्थ्य जाँचको लाभ लिएका छन् ।

वि.सं.२०७४ माघ १४ आइतवार ०२:३४ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...