back
CTIZAN AD

‘प्रदेश ३ एकता समाज युएई’ नामक प्रदेशस्तरीय संस्था गठन

वि.सं.२०७४ माघ १४ आइतवार

930 

shares

रिता लामिछाने, युएई । युएईमा ‘प्रदेश ३ एकता समाज युएई’ नामको प्रदेश स्तरीय सामाजिक संस्थाको स्थापना भएको छ ।

नवगठित समाजमा धादिङ सहयोग समाज युएई, सिन्धुपाल्चोक सेवा समाज युएई, दोलखाली समाज युएई, मकवानपुर समाज युएई, चितवन समाज युएई, काभ्रे सेवा समाज युएई, नुवाकोट (त्रिशूली) समाज युएई, रसुवा समाज युएईको प्रतिनिधित्व रहेको छ । यि समाजहरुले आ–आफ्ना जिल्ला स्तरीय कार्यक्रम र संस्थागत संरचनालाई निरन्तरता दिँदै प्रदेश स्तरीय सामाजिक गति बिधिमा सहकार्य गर्नेछन ।

तीन नम्बर स्तरीय एकता समाज यूएईको प्रथम अधिवेशनले धादिङ समाज युएईका पुर्ब अध्यक्ष भिम कुमार अधिकारीको अध्यक्षतामा १९ सदस्यीय समिति निर्विरोध गठन गरेको छ । जसमा प्रथम उपाध्यक्षमा समिम खान, द्वितीय उपाध्यक्ष समशेर योञ्जन, तृतीय उपाध्यक्ष गोविन्द पन्त, चौथो उपाध्यक्षमा सुमन शर्मा, महासचिवमा पर्शुराम घिमिरे, सचिवमा निरमाया खड्का दाहाल, कोषाध्यक्षमा विदुर न्यौपाने, सहकोषाध्यक्षमा सीता मगर सर्वसम्मत चयन भएका छन् ।

उक्त समितिको सदस्यहरुमा मीना लामा, योगेश लामा, भरत ढकाल, सपना भारती, विन्दु गिरी, सुदिप खराल, निसात लामा, निशा लामा तामाङ, मनमाया तामाङ र शिवकुमारी खड्का रहेका छन् ।

वि.सं.२०७४ माघ १४ आइतवार ०६:४७ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...