back
CTIZAN AD

बगरको उखुखेतीबाट पचास लाख आम्दानी

वि.सं.२०७४ माघ १५ सोमवार

702 

shares

१५ माघ , कञ्चनपुर । दीको बगरमा उखुखेती गरी यहाँका किसानले रु ५० लाखभन्दा बढी आम्दानी गरेका छन् ।

वर्षा्तमा उर्लने भेललाई कम गरी कटानी पटानीको कार्य कम गर्ने र गतिलो आम्दानी हुने भएपछि यहाँका किसान समूहमा आबद्ध भई दोदा, सुनवरा, स्याली र वनहरा नदीको बगरमा उखुखेती गर्दै आएका छन् ।

पाँच वर्षअघिदेखि शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाका एक हजार ४२९ घरधुरीले २८० बिघा नदीको बालुवाले भरिएको बगरमा उखुखेती गरेका छन् । बगर अहिले उखुखेती कारण हराभरा भएको छ । लालझाडीका गंगाराम चौधरीले भने, “गतिलो आम्दानी हात पर्दा आर्थिक रुपमा सक्षम भएका छौँ ।”

किसानलाई उखुखेती गर्नतर्फ डो¥याउनका लागि नेपाल रेडक्रस सोसाइटीले स्थानीय तहसँग समन्वय गरी आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको छ । उखुको बजारीकरणका लागि स्थानीय एग्रोभेट, सहकारी, चिनीमिलसँग समन्वय र सहकार्य गरिँदै आएको छ । एमरेड परियोजनाका अधिकृत महेश घिमिरेका अनुसार सन् २०१५ मा ६७ बिघा बगरमा सात हजार ७५ क्विन्टल, सन् २०१६ मा ४१ बिघामा ११ हजार ७०७ र सन् २०१७ मा १०१ बिघामा १२ हजार ४५० क्विन्टल उखु उत्पादन भएको थियो । सन् २०१८ मा १६ हजार क्विन्टल उखु उत्पादन हुने अनुमान गरिएको छ ।

वनहरा, स्याली, सुनवरा, मछेली र दोदा नदीको बगरमा गरिएको उखु खेतीबाट सन् २०१५ मा रु २६ लाख २६ हजार, सन् २०१६ मा रु ४४ लाख ७६ हजार र सन् २०१७ मा रु ४९ लाख ८० हजार आम्दानी भएको थियो । चालू आवमा बगरमा उखुखेती गर्दै आएका किसानले रु ५२ लाखभन्दा बढी आम्दानी गर्न सफल हुने बताइएको छ ।

उखु बाली विस्तार र प्रवद्र्धनका लागि नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले महाकाली चिनीमिल, उखु उत्पादक किसान हकहित संरक्षण समिति, स्थानीय सहकारी र कृषि विकास कार्यालयसँग लिखित सम्झौता गरी उखु खेतीको तालीम र कृषिऔजार वितरण गर्दै आएको छ ।

वि.सं.२०७४ माघ १५ सोमवार १०:५५ मा प्रकाशित

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

एक करोडमा वडा कार्यालय भवन निर्माण

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन (बागलुङ) । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह...

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको इजाजतपत्रका लागि...

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

काठमाडौँ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका...