back
CTIZAN AD

अमेरिकाको बोस्टन शहरमा सोनाम ल्होछार मनाइयो

वि.सं.२०७४ माघ १५ सोमवार

918 

shares

समय बदलिदै जाने क्रममा तामाङ् जातीहरुले मनाउने सोनाम ल्होछार पर्व गतवर्षको तुलनामा यस वर्ष अत्यन्तै राम्रो र सफलतापुर्वक सम्पन्न भएको छ । पछिल्लो समयमा संसारभरी रहेका तामाङ समुदायले आफ्नो मौलिक परम्परा र संकृतीको जर्गेना गर्ने उद्धेश्यले सोनाम ल्होछार धुमधामले मनाउने प्रचलन बढ्दै गएको छ ।

नाखी ल्हो (कुकुर वर्ष) सुरुवातको रुपमा तामाङ्हरुले नयाँ वर्षको स्वागत गर्दै भब्य तरिकाले मनाउने यो पर्व मानिक लामाको अध्यक्षतामा बोस्टन वरिपरि रहेका सम्पूर्ण तामाङ्हरुको सहभागितामा भव्यरुपमा सम्पन्न भएको छ ।
त्यस्तै यो वर्षको सोनाम ल्होछार माघ ४ गते हो या फाल्गुन ४ गते भन्ने कुरालाई ध्यानाकर्षण गराउँदै कार्यकमका उद्घोषक प्रेम तामाङ्ले हाम्रो रितिथिती र मान्यता अनुरुप माघ ४ गतेका दिन नै सोनाम ल्होछार मनाउनु पर्ने जानकारी दिएका थिए ।
त्यस्तै सांस्कृतिक कार्यकममा प्रबिण परियारको मिठो तथा मर्मस्पर्शी गीत संगीतमा बोस्टनको साँझ रंगिन भएको थियो ।
कार्यकम सफल बनाउनको निम्ति अतिथीहरुमा बोस्टन तामाङ् समाजका अध्यक्ष मानिक लामा, उत्तर अमेरिका तामाङ् समाजका अध्यक्ष लक्यान लामा, नेपालबाट आएका भएका मिग्मा लामा, नियोर्क तामाङ् समाजका पूर्वअध्यक्ष सुर्य पाख्रिन तामाङ्,लोक लामा गोले र कार्यकममा प्रबचन दिनु हुने लामा गुरुलाई अतिथी आसनमा स्वागत गरिएको थियो ।

वि.सं.२०७४ माघ १५ सोमवार १०:२९ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...