back
CTIZAN AD

कारागारको फोहरले आसपासका बासिन्दालाई समस्या

वि.सं.२०७४ माघ १५ सोमवार

798 

shares

भद्रपुर, १५ माघ । भद्रपुर नगरपालिकामा रहेको जिल्ला कारागारभित्रको फोहरको उचित व्यवस्थापन हुन नसक्दा आसपासका जनतालाई समस्या भएको छ ।

लगभग चार दशकअघि बनाइएको सो कारागारमा करिब ३०० कैदीबन्दी अट्ने क्षमतामा अहिले ८३२ कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।

कारागारबाट दैनिक उत्पादन हुने फोहर व्यवस्थापनका लागि भौत्तिक संरचना निर्माण गर्न कारागार विभागसँग रु २२ लाख रकम मागिएकामा अहिलेसम्म नआएकाले फोहर व्यवस्थापन गर्न कठिनाइ भइरहेको कारागार प्रमुख यज्ञराज निरौलाले जानकारी दिए ।

कारागारबाट मलमूत्र बाहेक दैनिक तीन हजार लिटर फोहर पानी निस्कने भएकाले त्यसको व्यवस्थापन गर्न स्थानीय समुदायले विगतदेखि जिल्ला प्रशासन कार्यालय, भद्रपुर नगरपालिका र अन्य निकायसँग हारगुहार गर्दा पनि केही नलागेको स्थानीयवासी भीष्मराज भट्टराईले जानकारी दिए ।

कारागार क्षेत्रमा जाडोको मौसमभन्दा पनि गर्मीमा दुर्गन्ध निकै फैलिने, कारागारभित्रको फोहर पानी त्यही वरिपरि फैलिने भएकाले सधैँ दुर्गन्ध र फोहरसँग जुधिरहनु पर्ने अर्का स्थानीयवासी खड्ग न्यौपानेले बताए ।

नजिकै रहेको प्रज्ञा एकेडेमी विद्यालयका शिक्षक द्रोण अधिकारीले पनि निजीस्तरले त गर्न सकेन तर सरकारी मातहातमा रहेको यस्तो संस्थालाई व्यवस्थित गर्न जनताले सडकमा आगो नै बाल्नु पर्ने, आन्दोलन नै गर्नु पर्ने अवस्था आएको बताए ।

स्थानीय जनताको दुःख र समस्या देखेर विभागसँग रकम मागेको पनि निकै लामो समय भइसक्यो तर समयमा रकम नआउने तर फोहर कारागारबाट निरन्तर आइरहने भएकाले समस्या भएको कारागार प्रमुख निरौलाले बताए ।

वि.सं.२०७४ माघ १५ सोमवार १०:१२ मा प्रकाशित

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

एक करोडमा वडा कार्यालय भवन निर्माण

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन (बागलुङ) । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह...

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको इजाजतपत्रका लागि...

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

काठमाडौँ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका...