कुवेत सरकारले जनवरी २९ अर्थात माघ १५ देखि फेब्रुअरी २२ अर्थात फागुन १० गतेसम्म कुवेतले आफ्नो मुलुकमा अवैधानिक रूपमा रहेका विदेशी कामदारका लागि आममाफीको अबसर घोषणा गरेको छ । उक्त अवधिमा कुवेतमा अवैधानिक रूपमा बसिरहेका विदेशी नागरिक स्वदेश फर्कन र तोकिएको जरिवाना तिरेर वैधानिक बन्न सक्ने कुवेतको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । तर, यस्तो अबसरलाई कसरी सदुपयोग गर्ने भनेर धेरै नेपाली कामदारमा अन्यौलता रहेकोले कुवेतस्थित नेपाली दूतावासले आममाफी प्रकृया अपनाएर स्वदेश फर्किने वा यहीँ रहेर वैधानिक हैसियत प्राप्त गर्ने प्रकृयाबारे जानकारी गराएको छ ।
दूतावासले एक सूचना जारी गरी पछिल्लो पटक एमनेष्टि बारे स्पस्ट पारेको छ। सूचनामा गैरकानूनी भएका कामदार के कसरी स्वदेश र्फकन वा भिसा लगाएर कुवेतमै बस्ने प्रक्रिया अघि बढाउने भन्ने उल्लेख गरेको छ । दूतावासद्वारा जारी सूचना अनुसार कुवेत सरकारले २३ जनवरी २०१८ मा जारी सूचना अनुरुप आवासिय कानुन उल्लंघन गरी बिना भिसा गैरकानुनी रूपमा कुवेतमा बसोबास गर्दै आएका कुनै पनि मुदा नभएका र यात्रा बन्देज नलगाएका कामदारहरुको हकमा आफु संग सक्कल राहदानी भए सिधै कुबेतको एयरपोर्टबाट टिकट काटेर जान पाउने ब्यबस्थाको सम्बन्धमा सर्बसाधरणलाई प्रष्ट पारेको छ। अपराधिक गतिबिधि गरेर उजुरी परेका वा आपराधिक गतिविधिमा संलग्न, बैक बाट ऋण लिएका र मोवाइल लिएका भने मुदा एव हिसाब फस्यौटा नभए सम्म जान नसक्ने दूतावासले जनाएको छ । त्यसैगरि चोरीको उजुरी नपरेका वा आपराधिक मुद्धा नपरेका र यात्रा निषेध नगरिएका घरेलु तथा कम्पनिका कामदारले भने सर्तहरु पुरा गरेर एव जरिवाना तिरेर आवाशीय भिसा थपेर बस्न सक्ने समेत सूचनामा उल्लेख छ ।
त्यस्तै गरि साथमा राहदानी नभएका कामदारहरुको हकमा यात्रा अनुमति पत्रको लागि नागरिकता वा पासपोर्टको पुरानो प्रतिलिपि एव २ प्रति निलो पृष्टभूमिमा खिचिएको ६ x ४ cm को फोटो सहित नेपाली दुतावासमा सम्पर्क गर्न समेत दुतावासले जानकारी गराएको छ । आममाफीको बारेमा आवश्यक जानकारी र सहयोगको लागि तपशिल ठेगाना र नम्वरमा सम्पर्क गर्न सकिने समेत सूचनामा उल्लेख छ ।
नेपाली राजदुतावास कुवेतको सम्पर्क
जब्रिया ,बलक -८ , स्ट्रीट -१३ , भिल्ला नम्वर . ५१४
सम्पर्क नम्वर :- ००९६५ -२५३२१६०३ /२५३२१६०४ /२५३२१६०५
हटलाइन नम्वर :- ९८८६९१२१
वि.सं.२०७४ माघ १५ सोमवार ०९:४६ मा प्रकाशित




























