back
CTIZAN AD

प्रदेशसभा सदस्यलाई कलेजी रङको कोट

वि.सं.२०७४ माघ १९ शुक्रवार

927 

shares

१९ माघ, जनकपुरधाम । यही माघ २१ गते हुने प्रदेश नं २ को प्रदेशसभाको पहिलो बैठकलाई व्यवस्थित, मर्यादित र सङ्घीय संसदीय मूल्यमान्यताको परिधिभित्र रही सञ्चालन गर्नेबारे विहिबार सर्वदलीय बैठक सम्पन्न भयो ।

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको उपस्थिति र प्रदेशसभाका ज्येष्ठ सदस्य लगनलाल चौधरीको अध्यक्षतामा भएको सो बैठकमा मर्यादापालक र प्रदेशसभा सदस्यको पोशाक, भाषा, सिट निर्धारण, अध्यक्षमण्डलको मनोनयन, अन्तरिम कार्यविधि, दर्शक र विशेष पास, नियमावली मस्यौदा समिति गठन, कार्य व्यवस्था परामर्श, सभामुखको निर्वाचन, परिचयपत्र र प्रतीकचिह्नलगायत विषयमा छलफल भएको थियो ।

सङ्घीय संसद् सचिवालयबाट प्रदेशसभालाई व्यवस्थित र सहयोग गर्न आएका टोलीका नेतृत्वकर्ता वंशीराज पौडेलले बैठकले प्रदेशसभा सदस्यलाई कलेजी रङको कोट, बण्डी वा प्रदेशको मौलिक पहिरन र मर्यादापालकलाई सफारी सुट निर्धारण गरेको जानकारी दिए ।

सरकारबाट प्रदेशसभाक लागि खटाइएका ३८ कर्मचारी नआएका कारण तत्काल स्थानीय कर्मचारीलाई नै प्रशिक्षित गरी प्रदेशसभा सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि, २०७४ को मस्यौदा विस्तृत अध्ययन गरी अर्को सर्वदलीय बैठकमा प्रस्तुत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा दलका प्रतिनिधि र प्रदेशसभा सदस्यको समेत सहभागिता थियो । कार्यसूचीलाई अन्तिम रूप दिन अर्को सर्वदलीय बैठक यही माघ २० गते बस्ने जनाइएको छ ।

वि.सं.२०७४ माघ १९ शुक्रवार ०३:२२ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...