back
CTIZAN AD

सिमामा हुने तस्करी बारे चलचित्र ‘नाका’

वि.सं.२०७४ माघ २६ शुक्रवार

795 

shares


कथासार
फिल्म : नाका
कथा/निर्देशक : अमित श्रेष्ठ
निर्माता : प्रवीण कार्की (टक्की)
मिडीया पोर्ट प्रा.लि.

चीनको सिमानासंग जोडिएकोले सिन्धुपाल्चौक जिल्ला प्रायजसो तस्करीहरुस“ग जोडिन्छ । रक्तचन्दन, मानव तस्करी, डलर तस्करी लगायतका क्रियाकलापहरु भईरहेकै हुन्छ । किशोर ठिटादेखि बृद्घहरुसम्म तस्करीकै जालोमा फसिरहेका छन् । तर त्यस क्षेत्रमा गएको महाभुकम्प र त्यसैले गराएको नेपाल—चीन नाका ठप्पले गर्दा सो ठाउ“ले आकस्मिक आर्थिक दुगर्ति झेलिरहेको छ ।

गोल्डी (२८), बाह्रबिसेको एक उम्दा तस्करलाई आफ्नो आर्थिक संकट मेटाउनका लागि फाईदा हुने काम चाहिरहेको छ । संकट मेटाउनका लागि आफु नै खेल्ने जुवाको खाल लुट्न लाग्दा उसलाई लाटा बबको सहयोगी गणेशको फोन आउ“छ, सिमाना क्षेत्रबाट अवैध रुपमा एउटा तिब्बेतियन केटी र उसको ट्रान्सपोर्टरलाई बाह्रबिसेसम्म ल्याउनका लागि । लाटा बब र गणेश बाह्रबिसेको नामुद तस्कर र व्यापारी हुन् । सुरुमा हिच्कीचाएपनि, सो कामको लागि दिईने भारी रकम सुनेपछि ऊ राजी हुन्छ ।

आफ्नो आर्थिक खडेरी सकाउन, एक अर्कालाई छकाईरहेका, दुई तस्कर, लाटा बब र गोल्डीको वरपर यो कथा घुम्नेछ । एउटा तिब्बेतियन नागरिकले नेपाली भुमीमा भोग्नु पर्ने दुःख र अप्ठ्याराहरु पनि यो कथाको मूल विषय हो ।

सिन्धुपाल्चोक जिल्ला चीनको सिमानास“ग गा“सिएर होला, तस्करीस“ग प्रायजसो जोडिन्छ । हुन पनि हो, रक्तचन्दन, मानव तस्करी, सुन तस्करी, डलर तस्करी सबैको कारोबार भईरहेकै हुन्छ । एउटा समय रक्तचन्दन तस्करी एकदमै फस्टायो । किशोर ठिटादेखि बुढो मानिसहरुसम्म तस्करीको जालोमा फस्न थाले । यसै समय दौरान गोल्डी २८ सिमा क्षेत्रको एउटा सानो बजारमा बस्ने केटोले एउटा कन्टेनर भ्यान रातिको समयमा आफ्ना साथी हनुमानस“ग मिलेर कब्जा गर्छ । बाह्रबिसे बजार नजिकैबाट कब्जा गरेको भ्यानमा रक्तचन्दन करिब १० टनजति हुन्छ । नामग्याल (४५) एउटा सिमा क्षेत्रको नामुद तस्कर हो जसको रक्तचन्दनले भरिएको भ्यान गोल्डीले कब्जा गरेको हुन्छ ।

गोल्डीस“ग आफ्नो रक्तचन्दनले भरिएको गाडी छुटाउन नामग्याल आफ्ना केटाहरुस“ग बाह्रबिसे पुग्छन् । नामग्याल गोल्डीको कोठामा गएर धम्क्याएर, थर्काएर, तर्साएर सामान निकाल्न प्रयत्न गर्छ । गोल्डीको आ“टस“ग नामग्याल प्रभावित हुन्छ र उसलाई मोटो रकममा तिब्बती नागरिकहरुलाई काठमाडौंसम्म पुर्याउने प्रस्ताव दिन्छ । गोल्डीले नामग्यालको प्रस्ताव स्वीकार गर्छ ।

सोनाम २२ तिब्बतको एउटा गाउ“बाट करिब १० जनाको समूहमा एउटा दोमासेको भरमा अवैद रुपमा नेपाल प्रवेश गर्न नेपालको उत्तरी सिमानामा अगाडि बढिरहेकीछिन् । १० जनाको समूहबाट केवल दुईजना मात्र दोमासेस“ग सिमाना पार गर्न सफल हुन्छन् । दोमासे (ग्यालजेन) नामग्यालको मान्छे हो । जसले नामग्यालको लागि तिब्बती नागरिकहरुलाई सिमाना पार गराउने काम गर्छ । उसले दुई तिब्बती नागरिक सोनाम र केल्सा¨लाई नेपाली क्षेत्रमा पुर्याउ“छ र गोल्डीलाई सुम्पिन्छ ।

गोल्डीले तिब्बती नागरिकहरु सोनाम र केल्सा¨लाई सिन्धुपाल्चोक जिल्लाको १० किलो बजारबाट सुरक्षित काठमाडौं पुर्याउनु पर्ने हुन्छ । १० किलोमा लिन जाने क्रममा प्रहरीको हवल्दारस“ग एउटा सानो भट्टिमा गोल्डीको मुठभेड हुन्छ । केल्सा¨ तिब्बती नागरिक र हवल्दार मुठभेडमा मारिन्छन् । गोल्डी र सोनामको काठमाडौं सम्मको यात्रा नै यस चलचित्रको मुख्य विषय हो ।

वि.सं.२०७४ माघ २६ शुक्रवार ०७:३४ मा प्रकाशित

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...