Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

कतारमा पनि भव्यरुपमा २३ औं जनयुद्ध दिवस मनाईयो



फागुन १ नेपाली जनप्रगतिशील मञ्चले सनैयाको ग्रिन रेस्टुरेन्टमा जनयुद्ध दिवस मनाएको छ ।

मञ्चले एक कार्यक्रमको आयोजना गर्दै २३ औं जनयुद्ध दिवस मनाएको हो । नेपाली जनप्रगतिशील मञ्च पाचौं महाधिवेशन संयोजक रकम ध्वज राईको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण मोहन केसीले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि शनिकुमार ओली, नेकपा माओवादी केन्द्र गल्फ संयोजकले सभालाइै सम्बोधन गर्दै भने, ‘अहिले देशमा जेजति राजनीतिक परितर्वन भएको छ त्यो नेकपा माओवादीको १० वर्षे जनयुद्धको उपलब्धी हो । आज यो एतिहासिक दिनमा यहाँ सम्बोधन गर्न पाउदा निकै खुशी र गर्व महशुुस भएको छ । नेपाल अहिले संविधानसभाबाट संघीय लोकतान्त्रीक गणतन्त्रात्मक संविधान जारी भई तीन तहको निर्वाचन सम्पन्न भएको छ । लामो संर्घषपछि देशमा राजनीतिक परिबर्तनको आन्दोलन सकिएको छ । अव वामपन्थीको नेतृत्वमा स्थिर सरकार गठन गरी देशलाई विकास र सम्बृद्धिको वाटोमा अगाडि बढनु छ । देशमा अव एउटै कम्युनिष्ट निर्माण गरि समाजवादसम्म पुग्ने वाताबरण बनेको छ ।’

कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्च कतारका सल्लाहकार संयोजक होमनाथ शर्मा, प्रवासी नेपाली मञ्च कतारका संस्थापक कमलमणि गुरागाई, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोखरेल, निवर्तमान अध्यक्ष रामहरि गैरे, नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री अजिज अलि, एनआरएनआईसीसी मानार्थ सदस्य टीबी कार्की विशेष अतिथि रहेका थिए ।

एनआरएनआईसीसी सदस्य विमल सुवेदी, एनआरएनएएनसीसी सचिव युवराज शर्मा, तराई मधेश लोकतान्त्रिक कतारका हुसेन खान, अन्तर्राष्ट्रिय नेपाली समाज नयाँशक्ति अध्यक्ष देव परियार, नेपाल पत्रकार महासंघ अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य गणेश बन्जाडे, नेपाल पत्रकार महासंघ कतार शाखा अध्यक्ष करिम बक्स मिया लगायत विशेष अतिथि रहेको कार्यक्रममा नेपाली जनप्रगतिशील मचका विभिन्न जातीय, इकाई, क्षेत्रीय, कमिटीका संयोजक, सदस्यको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै युवा मजदुर नेता बीबी खरालले वाम ध्रुवीकरण गर्ने योजना अनुरुप एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुनु सुखद भएको बताए । ‘अब वैद्य, बाबुराम, विप्लवहरूले पनि एकतामा आउनुपर्छ,’ उनले भने ।

जनयुद्धकालीन मुद्दालाई ब्यूताएर माओवादी नेता कार्यकर्ता थुनिएको बताउँदै उनले थुनिएका सबै नेता कार्यकर्तालाई सम्मानजनक रुपमा रिहा गर्न अपिल गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

युके । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) निकट प्रवासी नेपाली एकता मञ्चको

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै उम्मेदवारी घोषणाको क्रम पनि सुरु भएको छ

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्