नेपाली समाज रोमको छैटौ अधिबेशन सम्पन्न भएको छ । यहि फरवरी १८ का दिन सम्पन्न अधिबेशनले हरिभक्त काराखेतीको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमितिको चयन गरेको छ ।
जसको उपाध्यक्षमा भावा मल्ल, सचिवमा बलराम शर्मा, सहसचिवमा रिता रानाभाट, कोषाध्यक्षमा अनन्त बहादुर वस्नेत र सदस्यहरुमा मिना अर्याल, श्याम सुन्दर अधिकारी, कुन्दन गुरुङ, रेनुका उपाध्याय, माते दमाई (केशव), प्रतिप राई, सन्तोष अधिकारी, सुमन राज लामा, सुविता देवी सारु मगर (सन्जु) रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष काराखेतीले समाले गरेको विश्वास र भरोसालाई आत्माथ गर्दै समाजलाई बैज्ञानिक ढंगले लैजाने बताएका छन् । उनले इटालीमा रहेका नेपाली संघसंगठन र एनआरएनए इटालीलगायतका संघसंस्थाहरुबीच आगामी दिनहरुमा संगै हातेमाले गरी अगाडि वढ्ने प्रतिबद्धता समेत गरेका छन् ।
वि.सं.२०७४ फागुन ८ मंगलवार ११:१७ मा प्रकाशित



























