back
CTIZAN AD

चेल्सी विरुद्ध मेस्सीको ‘सुख्खा स्पेल’ , आज तोड्लान त ‘डेडलक’ ?

वि.सं.२०७४ फागुन ८ मंगलवार

846 

shares

८ फागुन, काठमाडौँ । चयाम्पियन्स लिगको अन्तिम १६ को खेलमा आज राति स्पेनिश महारथी वार्सिलोना र ईङलिश च्याम्पियन चेल्सी आमने सामने हुदै छन् ।
सन् २०१२ को च्याम्पियन्स लिगको सेमिफाईनलमा चेल्सीले वार्सिलोनालाई हराए यता यी दुई क्लब आपसमा भिड्न लागेका हुन् । सन् २०१२ को सेमिफाईनलमा अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीले पेनाल्टी मार्फत गोल गर्न असफल हुदाँ वार्सिलोना च्याम्पियन्स लिगको सेमिफाईनलबाट बाहिरिएको थियो । करिब पाँच वर्ष पछि यी दुई टोली आपसमा भिड्न लाग्दै गर्दा अर्जेन्टिनी फरवार्ड मेस्सी अहिले पनि वार्सिलोनाको मुख्य खेलाडी नै हुनेछन् । तर मेस्सीको ईङलिश च्याम्पियन्स विरुद्ध गोलको खडेरी भने टर्ला नटर्ला त्यो भरे राति सम्म कुर्नै पर्ने हुन्छ । सन् २००६ देखि २०१२ सम्म मेस्सीले चेल्सी विरुद्ध ८ खेल खेलेका छन तर आज सम्म उनले चेल्सीको विरुद्धमा गोल भने गर्न सकेका छैनन् । आज उनले ईङलिश च्याम्पियन विरुद्धको गोल खडेरीलाई तोड्न सक्लान कि नसक्लान भन्ने विषयमा अनेक चर्चा भईरहेको छ । त्यति बेलाका युवा स्टार मेस्सी अहिले स्वभाविक परिपक्व र पाका खेलाडीको रुपमा स्टामफोर्ड ब्रिजको यात्रामा छन् । सबैको ध्यान मेस्सीले चेल्सीको विरुद्धको सुख्खा स्पेललाई तोड्दै गोल गर्लान त भन्ने विषयमा नै केन्द्रित छ    ।

यस सिजन घरेलु लिगमा निकै राम्रो प्रदर्शन गरिरहेको वार्सिलोनालाई अन्तिम १६ मा चेल्सीको चुनौती पछ्याउन पक्कै पनि सहज हुने छैन् । रोचक कुरा के छ भने अहिले सम्मको तथ्यांकलाई हेर्दा चेल्सी स्पेनिश च्याम्पियन वार्सिलोना भन्दा अगाडी रहेको छ ।
यस्तै वार्सिलोनाका पुर्व स्टार खेलाडीहरु पेड्रो तथा सेस फाव्रिगासले आफ्नो पुर्व क्लब विरुद्ध भिड्ने छन् । चेल्सीका बेल्जियन विङगर पनि राम्रो फर्ममा रहेका छन । तसर्थ यी दुई क्लब बिचको भिडन्तलाई निकै उत्साहका साथ हेरिएको छ ।

वि.सं.२०७४ फागुन ८ मंगलवार ११:०७ मा प्रकाशित