विश्व माझ सर्वविदितै छ । तर, पनि हाम्रा छिमेकी राष्ट्रले बेला बखत बुद्ध वारे विश्व सामु भ्रम छर्ने प्रयास गरिरहेको हामी सबैलाई जानकारी छ भने कति राष्ट्रको पुस्तकमा भगवान बुद्ध भारतमा जन्मेका हुन भन्ने सम्माको प्रमाण फेला परेको छ । त्यसैले भगवान बुद्ध नेपालको भूमिपुत्र हुन र यो संसारको सबै प्राणीहरुको हक हित र सबै प्राणीको कल्याण होस् भन्ने महामानव भगवान बुद्ध नेपालमै जन्मेका हुन भन्ने थप सन्देश दिन नेपाली सम्पर्क समिति एनसिसि दक्षिण कोरियाको संयोजन तथा नेपाल बौद्ध परिवारको सहकार्यमा कोरियाको योङिन शहर अवस्थित वाउछङसा गुम्बामा नेपालबाट बुद्धको मूर्ति ल्याई प्रतिस्थापन गर्ने उद्धेश्यले हाल कोरियामा नेपालीहरुबाट आर्थिक सहयोग संकलन गर्ने क्रम तिब्र जारी रहेको छ ।
यस बुद्धको प्रतिमा प्रतिस्थापन गर्न करीब चार करोड कोरियन वोन र (करीब नेपाली घ,ढण्,ण्ण्ण्ण् लाख नेपाली रूपैया) लाग्ने अनुमान गरिएको छ भने जसमा हाल सम्मा दुई करोड वोन संकलन भइसकेको जानकारी प्राप्त भएको छ ।
यस भगवान बुद्धको मूर्ति आगामी बुद्ध जयन्तीको दिन अर्थात मे महिनामा हुने अन्तर्राष्ट्रिय शान्ति दिप महोत्सवको शुभअवसरमा कोरियाको राजधानी सौल नगर परिक्रमा गराई विशेष बौद्ध धार्मिक बिधिपूर्वक नेपालको राष्ट्रिय झण्डा सहित वाउछङसा गुम्बामा प्रतिस्थापन गर्ने कार्यक्रम रहेको एनसिसि दक्षिण कोरियाको अध्यक्ष अन्जु केसीले बताइन् ।

नेपालीहरु बिभिन्न पेशा व्यस्वथा रोजगारी गर्नको निम्ती प्रवासी भूमिमा रहेर आफ्नो कार्य व्यस्थताका बाबजूत पनि राष्ट्रको स्वाभिमान उच्च राख्न बेला बखत बिभिन्न उदाहरणीय कार्य गर्नु आफैमा प्रशंशनीय छ भने यस किसिमको महान अभियानहरु सफल बनाउन हामी सबै नेपालीको साथ सहायोग आवश्यक पर्दछ । त्यसैले नेपाली सम्पर्क समिति एनसिसि कोरिया र नेपाल बौद्ध परिवारको दक्षिण कोरियाद्वारा संयुक्त रुपमा कोरियावासी नेपालीहरूमा आर्थिक सहयोगको लागि विशेष अपिल गरेको छ ।
वि.सं.२०७४ फागुन १४ सोमवार ०९:५४ मा प्रकाशित


























