back
CTIZAN AD

क्यारेबियन लिग खेल्ने भए सन्दीप, क्रिस गेलको टिमबाट खेल्दै

वि.सं.२०७४ फागुन १८ शुक्रवार

714 

shares

१८ फागुन, काठमाडौँ । नेपाली युवा स्पीनर सन्दीप लामिछाने वेष्ट विन्डिजको टि–ट्वान्टी क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग खेल्ने भएका छन् ।
केहि समय अघि भारतमा हुने टि–ट्वान्टी फर्मेटको प्रतियोगिता आईपिएलमा खेल्न पाउने अवसर जुरेको केहि समयमा नै उनलाई अर्को उत्कृष्ट प्रतियोगिता खेल्ने अवसर जुटेको हो ।
सन्दीपलाई पाँच हजार अमेरिकी डलरमा सेन्ट किट्स एण्ड नेभिस पेट्रियर्सले किनेको हो । उक्त टिमको कप्तानमा वेष्ट विन्डिजका भेट्रान खेलाडी क्रिस गेल छन् ।
६ टिम सहभागी हुने सिपिएल आगामी अगष्ट ६ देखि सेप्टेम्बर १६ सम्म चल्ने छ ।

वि.सं.२०७४ फागुन १८ शुक्रवार ०५:२१ मा प्रकाशित