back
CTIZAN AD

कोरियाबाट फर्केर चौबीस लाखको लगानीमा कृषि फार्म

वि.सं.२०७४ फागुन २३ बुधवार

750 

shares

बाबियाचौर, म्याग्दी । बेनी नगरपालिका– १० पात्लेखेतमा एक युवाले रु चौबीस लाख लगानी गरेर कृषि फार्म स्थापना गरेका छन् ।

छत्तीस वर्षीय भविन्द्र पाइजाले ‘आशिर्वाद कृषि फार्म’ स्थापना गरेर व्यावसायिक रूपमा बाख्रापालन र च्याउखेती शुरु गर्नुभएको हो । बाख्रा खरिद र पूर्वाधार निर्माणमा सो रकम लगानी गरेको पाइजाले बताए ।

उमेर समूह अनुसारका बाख्रा राख्नका लागि छुट्टाछुट्टै कोठा भएको खोर बनाइएको छ । फार्ममा हाल ६० वटा जमुनापारी, खरी, अजमेरी र बोयर जातका बाख्रा छन् । गत साउनमा स्थापना भएको सो फार्मबाट हालसम्म रु ८५ हजार बराबरको पाठापाठी बिक्री गरिसकेको उनले बताए ।

बाख्राको नश्ल सुधारका लागि रु ५० हजारमा बोयर जातको बोका पालेका छन् । बाख्रापालनसँगै उनले ५५० मुडामा सिताके जातको च्याउखेतीसमेत गरेका छन् । बाख्राको आहारका लागि पाखोबारीमा तीन हजार ५०० डालेघाँसका बिरुवा रोप्नुभएको छ भने तीन रोपनी खेतमा जैघाँस लगाएका छन् ।

पाइजाले ११ वर्षसम्म दक्षिण कोरियामा काम गरेका थिए । कोरियामा मनग्य आम्दानी भए पनि दुःख धेरै भएको उनी बताउछन् । “केही गर्नुपर्छ भन्ने लागेर बाख्रापालन शुरु गरेको हुँ,” उनले भने, “बाख्राको संख्या बढाएर १५० पु¥याउने लक्ष्य छ ।” डेढ सय बाख्रा पाल्दा वार्षिक रु दश लाखसम्म आम्दानी गर्न सकिने पाइजाले बताए ।
मासु र पूजाआजाका लागि गाउँ र सदरमुकाम बेनी बजारमा खसीबोका खपत हुने गरेको छ ।

वि.सं.२०७४ फागुन २३ बुधवार ०३:०३ मा प्रकाशित

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...