back
CTIZAN AD

बुद्धको विश्व किर्तिमानमा सहभागीहरुलाई के मिल्यो ?

वि.सं.२०७४ फागुन २३ बुधवार

666 

shares

 
देश बुद्धको नामले मात्र हैन हामी जिवित नेपालीहरुको सोच र संस्कारको पनि ठुलो भुमीका खेलेको हुन्छ । त्यसैले हामीले राष्टीय हित र अखण्डताको लागी आपसी सद्भाव, एकाअर्कोको सस्कृृति रहन—सहनको सम्मान सँगै देश र माटोलाई गौरब गर्न सक्नु पर्दछ । नेपालमा जन्मीएका बुद्ध नेपालकमै जन्मीएका हुन् भन्ने यो अभियानले विश्वलाई नेपाल बुद्ध भुमी मात्र हैन आम हामी नेपालीहरु विच मितव्ययिता, एकता र संकल्प छ भन्ने कुरा पनि प्रमाणित गरेको छ ।

विश्व रेकर्ड आफैमा गौरब कुरा हो । संसारका हरेक मानीस जो कोहि पनि रेकर्डका लागी आर्कषित हुन्छन् । नेपालमा यस्ता दर्जनौ रेकर्ड भएको छन् कोहि व्यत्तिगत पहिचानको लागी त कोहि सामाजीक र राष्ट्रिय मुद्धाको लागी । यहि फाल्गुण १९ गते शनिबार राजधानी काठमाडौैंको टुडिखेल मैदानमा पनि बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश दिनको लागी करिब ५० हजार नेपालीको उपस्थिति भएको थियो जुन ठाउँमा म पनि सामेल हुन पाउँदा गौरबको अनुभूति गरिरहेको थिएँ । विश्व किर्तिमान राख्न कति अप्ठयारा परिस्थिति र समस्यालाई सामना गर्नु पर्दछ, त्यहाँ उत्पन्न हुने चुनौती र व्यवस्थापनको अझ ठुलो भूमिका हुन्छ । किनकी म पनि एक विश्व किर्तिमानको भागदारी हुँ । मेरो अगुवाईमा २०७३ साल जेष्ठ ६ गते विहिवारको दिन विश्व किर्तिमानमा ३६५ जना नेपाली संगीतका सष्ट्राहरुलाई एकै दिनमा जम्मा गरेर रेडियो नेपालको स्टुडियोमा दिन वातावरण सम्बन्धि सन्देश मुलक गीत रेकर्ड गरीएको थियो ।

बुद्ध भारतमा जन्मीएका हुन् भन्ने भ्रम लाई चिर्न र यहि स्वर्गभुमी नेपाल बुद्धको जन्म भएको हो भन्ने सन्देश दिनको लागी बुद्ध वचन “धम्मपद” सयुत्त स्वरवाचन अभियानमा सरिक हुन म पनि टुडिखेल मैदान तिर लागे । सामाजिक सञ्जालमा दिईएको समय अनुसार विहान ११ बजे म पश्चिम तिरको गेट नजिक पुगेको थिएँ । त्यहाँ प्रवेश गर्दा म सँग कुनै कार्ड थिएन लाईनमा बसे पछि भित्र पास पाईन्छ भन्ने त्यहाँका संयोजकहरुवाट जानकारी पाय पश्चात करिब १५ मिनेटको लाईन पछि म प्रवेशद्धारबाट भित्र छिरे । छिर्ने वित्तिकै गेटैमा मलाई सानो बारकोड राखीएको चिट दिईयो त्यो चिटलाई मैले एउटा ठुलो बाकसमा खसाल्नु पर्दथ्यो र त्यस पछि नजिकै नाम र सहि गराउन स्वयंम सेवक हरु तैनाथ हुनु हुँदो रहेछ र मैले त्यसरी नै आफ्नो सहभागीताको पनि प्रमाणीकरण गराएँ । अब त्यहाँ म सँगै सबै आतुर थिय कार्यक्रम कसरी हुन्छ । म सँगै त्यहाँ केहि स्कुलका नानी बाबुहरुलाई पनि स्कुलको पोशाकमा उभ्याईएको पनि थियो जुन मलाई असहैय भएको थियो । यस्तो राष्ट्रको नाउँमा सन्देश दिनको लागी सहभागीता गर्नु राम्रो हो तर त्यस्तो भिडमा स्कुले बालबालीकालाई ल्याउनु राम्रो हैन । विश्वका यस्ता धेरै ठाउँका कार्यक्रममा, पुजाआजामा दंगा भएर भिडमा मानीसको भागाभागको क्रममा धेरै जनाले ज्यान गुमाउनु परेको पनि ईतिहाँस छ । यो संवेदनशिल कुरा शैक्षिक क्षेत्रका उतरदायी व्यत्तिहरु र अविभावकले पनि गम्भीर रुपमा सोच्नु पर्दछ ।

अगाडी स्टेजमा कलाकारहरु बाट प्रस्तुती भईरहेको थियो । मानीसहरु पनि क्रमश जम्मा हुँदै थिए । त्यहाँ वितरण गरिएका कागजहरु यत्रतत्र छरिएका थिए, चाउचाउ विस्कुट सुर्ति चकलेट पानीका बोत्तल यत्रतत्र छरिएका थिए । राजधानीको परिचय नै धुलो भएको त्यस ठाउँमा पनि बुङ्गबुङ्गती धुलो उडिरहेको थियो । हामी राष्ट्रको गौरवको कुरा गर्छौ तर स साना कुराहरुलाई हामीले वेवास्था गर्दछौ । त्यहाँ कुनै कुँडादानी अर्थात डस्टविन देखीएन । छेउमा एउटा गाडिमा घुम्ती शौचालय लेखेको गाडि देखीएको थियो । डोरीले विभिन्न बल्क बनाईए पनि त्यहाँ कुनै काम लागेको देखीएन । यस्ता ठुला र महत्वपुर्ण अभियान गर्नको लागी विज्ञता भूमिका ठुलो भूमिका खेलेको हुन्छ । आयोजक टिमका संयोजकहरु भिआईपिहरुको स्वागतमा तल्लीन देखीन्थे । त्यहाँ एउटा व्यत्ति देखे उहाँ मलाई झण्ट हेर्दा विदेशी जस्तो लाग्यो नजिक वाट नियाल्दा अभियन्ता गायक धिरज राई पो हुनुहुँदो रहेछ, अलिकति उहाँले यो राष्ट्रीय अभियानका लागी नेपाली पोशाकलाई ध्यान दिनु भएको भए अझ राम्रो हुने मेरो व्यत्तीगत अनुमान थियो । त्यस्तै अपौचारिक कार्यक्रमका समापन गर्दै विश्व किर्तिमान परिषदकी उपाध्याक्ष प्रतिष्ठा अमात्यले गिनिज वल्र्ड रेकर्डलाई विगारेर गिनिज बुक रेकर्ड भनि राखेकी थिईन जुन बुक भन्ने शब्द धेरै बर्ष अगाडि हटाईसकेको छ । उहाँ आँफै गिनिज वल्र्ड रेकर्डकी किर्तिमानले यो कुरा बक्तव्यमा विचार पुर्याउनु पर्दथ्यो । किनकी कुनै कुराको भ्रम सिर्जना विज्ञ बाट नै हुन्छ त्यसैको परिणाम स्वरुप आज विश्वको प्रकाशनमा बुद्ध भारतमा जन्मीएका हुन् भन्ने भ्रम पैदा भएर त्यसलाई चिर्न हामी ५० औ हजारको उपस्थिति भएको हो ।

जब उपदेश पढेर बाचन गर्ने कार्यक्रम सुरु भयो पत्रकार रवि लामीछानले सबैलाई बस्न अनुरोध गर्नुभयो । सबैको हातमा भएको २ पानाको ति बुद्धका उपदेशहरु ५० हजार मानीस सँगै पढ्दा र माथी हेलिप्याडबाट पुष्प फाल्दा साँचिक्कै छाति ठुलो भएको थियो । करिब ५० हजार व्यत्तिको उपस्थिति सँगै प्रधानमन्त्री, पुर्व प्रधानमन्त्री, मन्त्रीहरु साथै विभिन्न कलाकार तथा व्यत्तित्वहरुको उपस्थिति भएको त्यो जमातमा म पनि एक छेउमा बसेर बुद्धको उपदेशहरु बाचन गर्न पाउँदा र विश्व किर्तिमान अर्थात गिनीज वल्ड रेकर्डमा सहभागी हुन पाउँदा म गौरवान्नित भएको थिए । बुद्धका ति उपदेश मैले कहिल्यै पनि पुरै पढेको थिईन त्यहाँ उनका उपदेशका शब्दको भाव, हजारौको एउटै स्वरांकन, मेरो मनमा सकारात्मक शक्त्तिको भाव आएको थियो सायद त्यहाँ उपस्थित सबैलाई हुनुपर्दछ । आफ्नो र आफ्नो परिवार र सम्पत्तिको लागी मात्र सोच्ने अहिलेको आधुनिक मानव सभ्याताको परिवेशलाई गौतम बुद्धका ती अमृतरुपी बाणीहरु धेरै नै सान्र्दभिक थिय यसलाई व्यवहारिक रुपमा कसरि मनन गर्नुपर्छ त्यो हरेक मानीसको आफ्नो सोचमा भर पर्दछ । आज उनका सन्देश र बाणीहरुलाई अनुसरण गरि विश्वको केहि मुलुकहरु सामाजीक र आर्थिक रुपमा ठुलो फड्को मारिसकेका छन् तर हामी अझै सामाजीक रुढीवादी, भौगोलिक तथा जातिय विवेद जस्ता कुसंस्कृतिलाई हटाउन सकिरहेका छैनौ । देश बुद्धको नामले मात्र हैन हामी जिवित नेपालीहरुको सोच र संस्कारको पनि ठुलो भुमीका खेलेको हुन्छ । त्यसैले हामीले राष्टीय हित र अखण्डताको लागी आपसी सद्भाव, एकाअर्कोको सस्कृृति रहन—सहनको सम्मान सँगै देश र माटोलाई गौरब गर्न सक्नु पर्दछ । नेपालमा जन्मीएका बुद्ध नेपालकमै जन्मीएका हुन् भन्ने यो अभियानले विश्वलाई नेपाल बुद्ध भुमी मात्र हैन आम हामी नेपालीहरु विच मितव्ययिता, एकता र संकल्प छ भन्ने कुरा पनि प्रमाणित गरेको छ । यो अभियानमा सहभागी भएर मलाई राष्ट्रभाव र प्रेम मिल्यो ।

बुद्धं शरणं गच्छामी — धम्मं शरणं गच्छामी — संघं शरणं गच्छामी

वि.सं.२०७४ फागुन २३ बुधवार ०३:०४ मा प्रकाशित

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सरबाट जोगिन के गर्ने ? हिन्दीमा एउटा भनाइ छ, "जब...

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...