back
CTIZAN AD

एकसाता देखिको दुनै बन्द खुल्योे

वि.सं.२०७४ फागुन २३ बुधवार

792 

shares

२३ फागुन, दुनै, डोल्पा । डोल्पा सदरमुकाम दुनै एकसाता देखिको बन्दपछि बुधबार बिहानैदेखि खुलेको छ । सदरमुकाम दुनैमा रहेको ठूलीभेरी नगरपालिकाको केन्द्र जुफाल सारिएपछि सदरमुकामवासीले एक सातादेखि आन्दोलन जारी राखेका थिए ।

बन्दका कारण शैक्षिक संस्था, बैंकिङ कारोबार, दैनिक उपभोग्य वस्तुहरुको आपूर्तिमा सरकारी तथा गैह्रसरकारी कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह समेतलाई मध्यनजर राख्दै बुधबारदेखि बन्द खुलाइएको आन्दोलन संघर्ष समिति डोल्पाले जनाएको छ ।

बुधबारदेखि बन्द खुलाइए पनि सांकेतिक आन्दोलन र वैचारिक आन्दोलनलाई जारी राखिने बताइएको छ । यसअन्तर्गत शान्तिपूर्ण विरोध सभा, हस्ताक्षर संकलन अभियान र कालो झण्डा प्रदर्शन लगायतका सांकेतिक कार्यक्रम जारी राख्ने आन्दोलन संघर्ष समितिका संयोजक हिक्मत शाहीले जानकारी दिए ।

उनका अनुसार छोटो अवधिमा आफूहरुको माग पूरा नभए पुनः आन्दोलनको स्वरुपमा परिवर्तन गरेर अनिश्चितकालीन बन्द गरिने समेत संयोजक शाहीले बताए ।

वि.सं.२०७४ फागुन २३ बुधवार ०६:४० मा प्रकाशित

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...