back
CTIZAN AD

आर्थिक वृद्धिदर अपेक्षा भन्दा १.२ प्रतिशत कम रहने

वि.सं.२०७४ फागुन २३ बुधवार

768 

shares


२३ फागुन, काठमाडौँ । चालु आवमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने अर्थ मन्त्रालयले जनाएको छ ।

बजेटको अर्धवार्षिक समीक्षाअनुसार बाढीका कारण वर्षे बालीमा परेको नकारात्मक असरका कारण लक्ष्यभन्दा केही कम आर्थिक वृद्धि हुने देखिएको हो । सरकारले चालु आवको बजेटमा ७.२ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य लिएको थियो ।

त्यसैगरी समीक्षा अवधिमा ३.५ प्रतिशत मुद्रास्फ्रीति कायम रहेको र चालु आवको अन्त्यसम्ममा ६ प्रतिशत रहने अनुमान गरिएको छ । मुद्रास्फ्रीति ७ प्रतिशतमा राख्ने लक्ष्य लिइएको थियो ।

यस अवधिमा वैदेशिक रोजगारको संख्या १.८ प्रतिशतले घटेको र विप्रेषण आप्रवाहमा पनि ०.५ प्रतिशतले ह्रास आएको आज अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्थवार्षिक समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी कूल वस्तु निर्यात १३.४ प्रतिशतले वृद्धिभएको, वस्तु आयातमा १५ प्रतिशतले बढेको र कूल व्यापार घाटा १५.१ प्रतिशतले वृद्धि भई चार खर्ब ९३ अर्ब २ करोड पुगेको छ ।

शोधनान्तर स्थिति रु ६ अर्ब ६६ करोडले घाटामा र चालु खाता रु ७ अर्ब ७१ करोडको घाटा रहेको छ । विदेशी विनिमय सञ्चितिमा १.१ प्रतिशतले कमी आई रु १० खर्ब ६७ अर्व ३४ करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।

कूल सरकारी खर्च ४५.५ प्रतिशतले बढेको तर राजस्व असूली २०.७३ प्रतिशतले बढ्न गई नगद प्रवाहमा आधारित बजेट घाटा रु ३५ अर्ब ४७ करोड रहेको छ ।

यसअवधिमा कूल रु १२ खर्ब ७८ अर्ब ९९ करोडको ३१.२३ प्रतिशत मात्र खर्च भएको छ । चालुतर्फ ४१.२० प्रतिशत, पूँजीगततर्फ १४.३५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १४.४१ प्रतिशत खर्च भएको छ ।

प्रतिवेदनका अनुसार कूल खर्चमा सरकारको स्रोतमा गतवर्ष भन्दा ५३.३९ प्रतिशतले वृद्धि भएको, वैदेशिक ऋण १८.३३ प्रतिशत परिचालन र वैदेशिक अनुदान ५२.०५ प्रतिशतले घटेको छ ।
त्यसैगरी स्थानीय तहको तेस्रो चरण, प्रदेशसभा र संघीय संसद्को निर्वाचनमा रु १८ अर्ब ३१ करोड खर्च भएको अनुमान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

वि.सं.२०७४ फागुन २३ बुधवार १४:४५ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

अच्युत रेग्मी, काठमाडौ । नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...