back
CTIZAN AD

साझाद्वारा आजदेखि अपाङ्गमैत्री बस सञ्चालन

वि.सं.२०७४ फागुन २३ बुधवार

714 

shares

२३ फागुन, काठमाडौँ । साझा यातायात सहकारी संस्था लिमिटेडले उपत्यकामा आजदेखि अपाङ्गमैत्री बस सञ्चालनमा ल्याएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बस सेवा (सेमी लो–फ्लोर) को आज संयुक्त रुपमा प्रारम्भ गरे ।

उक्त बस लगनखेल, पाटन अस्पताल, जावलाखेल, कुपण्डोल, त्रिपुरेश्वर आँखा अस्पताल, वीर अस्पताल, जमल लैनचौर, लाजिम्पाट, कान्ति बाल अस्पताल, शिक्षण अस्पताल, गङ्गालाल हुँदै न्यूरो अस्पतालसम्म सञ्चालन हुनेछ । बस सोही रुट हुँदै फर्कनेछ । उक्त बस कामपाको सहकार्यमा अशोक लेल्याण्ड कम्पनीले निर्माण गरेको हो ।

आजदेखि सञ्चालनमा ल्याइएको उक्त बसमा ४१ सीट क्षमता रहेको छ । बसमा बालबालिकाका लागि छुट्टै सीटको व्यवस्था गरिएको छ । छिट्टै विद्युतीयसहित २४ वटा बस सञ्चालन गर्ने तयारी साझाले गरिरहेको छ ।

सो अवसरमा कामपाका प्रमुख शाक्यले नागरिकको आवश्यकतालाई अध्यनजर गर्दै बसको संख्या वृद्धिका लागि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “सबै गरेर १०० वटा बस सञ्चालन गर्ने उद्देश्य राखिएको छ र त्यसमा अपाङ्ग र बालमैत्री बस पनि हुने छन् ।”

अस्तव्यस्त सार्वजनिक यातायातलाई व्यवस्थित गर्न साना र दुई पाङ्ग्रेलाई हटाएर ठूला सवारी साधन सञ्चालन गर्न आवश्यक रहेको उनले बताए ।

ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले २०१९ सालदेखि सञ्चालन गर्न थालिएको साझा यातायात समय समयमा बन्द हुँदै पुनःसञ्चालनमा आएकामा आफू खुशी भएको बताए । साझालाई निरन्तर दिन आफ्नो तर्फबाट सहयोग रहने प्रतिबद्धता पनि प्रमुख महर्जनले व्यक्त गरे ।

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले उपत्यकामा ठूला सवारी साधनको उच्चतम प्रयोग नहुँदा नागरिकले धेरै सास्ती बेहोर्नु परेको र साझा जस्ता बसले आगामी दिनमा यी समस्याको निराकरण गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव वडालले साझालाई सरकारीकरण गर्न नहुने धारणा राखे ।
हाल उपत्यका र बाहिर गरी साझाका ४७ बस सञ्चालनमा छन् ।

तस्बिर- राजेश केसीको फेसबुकबाट

वि.सं.२०७४ फागुन २३ बुधवार १२:३६ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...