back
CTIZAN AD

आवश्यक कानूनको अभावमा जनप्रतिनिधि अन्योलमा

वि.सं.२०७४ फागुन ३० बुधवार

756 

shares

३० फागुन, पोखरा । निर्वाचित भएको १० महिना बितिसक्दा पनि आवश्यक कानूनको अभावमा स्थानीय सरकारको नेतृत्वमा रहेका जनप्रतिनिधि यतिखेर अन्योलमा छन् ।

स्थानीय सरकार सञ्चालनका लागि संवैधानिक रुपमा अधिकार किटान गरिएकोमा त्यसको उपयोगका लागि कानून आवश्यक भए पनि त्यो बन्न नसक्दा जनप्रतिनिधिलाई समस्या भएको हो ।

कानून बन्न नसक्दा अपेक्षा गरेअनुरुप जनताका आकांक्षा पूरा गर्न नसकिएको माछापुच्छ«े गाउँपालिकाका प्रमुख कर्णबहादुर गुरुङले बताए ।

“हामी कानूनका जानकार होइनौँ, गाउँपालिकामा कानूनविज्ञको दरबन्दीसमेत छैन,” उनले भने, “आवश्यक कानून निर्माणमा सहयोग लिनका लागि राष्ट्रिय पत्रिकामा कानूनविज्ञ आवश्यक भएको भनी विज्ञापन गर्दा पनि कोही सम्पर्कमा आउनुभएन ।”

संविधानको अनुसूची–८ मा स्थानीय तहको २२ वटा अधिकारको सूची उल्लेख गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐनमा प्रत्येक अधिकारको कार्यान्वयनका लागि स्थानीय नीति, कानून एवं मापदण्ड बनाउनुपर्ने अनिवार्य व्यवस्था गरेको अध्यक्ष गुरुङले बताए ।

उनका अनुसार कानून नहुँदा भोग्नुपरेका कठिनाइका बाबजुद पनि स्थानीय आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गरी विकास निर्माणका कामलाई भने अघि बढाइएको छ ।

सडक पूर्वाधार यहाँको प्रमुख समस्याका रुपमा रहेका कारण चालू आवमा सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखिएको उनले बताए । गाउँपालिकाले प्रदेशको केन्द्रबाट गाउँपालिका केन्द्र पुग्ने बाटोलाई पहिलो प्राथमिकतामा राखेको छ ।

त्यस्तै गाउँपालिकाबाट प्रत्येक वडा केन्द्र, वडा केन्द्रबाट वस्ती र वडा केन्द्रबाट प्रदेश केन्द्र पुग्ने गरी बाटो निर्माणलाई क्रमशः प्राथमिकतामा राखेको छ । गाउँपालिकालाई पर्यटकीय रुपमा विकास गर्न गुरुयोजना निर्माणको तयारी गरिएको अध्यक्ष गुरुङले बताए ।

विश्वमा नै ख्याति कमाएको माछापुच्छ«े हिमाल यही गाउँपालिकामा पर्दछ । गाउँपालिकाको आयआर्जनको महत्वपूर्ण स्रोत बन्न सक्ने भए पनि यो त्यस रुपमा उपयोग हुन सकेको छैन ।

चालू आवका लागि लगभग रु ३० करोड विनियोजन गरेको माछापुच्छ«े गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताए । “कूल बजेटमध्ये रु १२ करोड ७१ लाख शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा विनियोजन गरिएको छ,” उहाँले भन्नुभयो, “करिब रु १७ करोड विकास निर्माण एवं कृषि, पशुपालन, महिला तथा बालबालिकाका क्षेत्रमा विनियोजन गरिएको छ ।”

गाउँपालिकाभित्र आवश्यकताका आधारमा सडक निर्माणका साथै आगामी दुई वर्षभित्रमा एक घर÷एक धारा अभियानलाई साकार पार्ने योजनाका साथ काम भइरहेको उनले बताए ।

आवश्यक कानूनको अभाव नै गाउँपालिकाको कामका लागि प्रमुख समस्याका रुपमा देखिएको बताउँदै उनले गाउँपालिकाको न्यायिक समितिका काममा पनि कानूनी सल्लाह अपरिहार्य भएको बताए ।

न्यायिकरुपमा आउने समस्या सकेसम्म वडास्तरमा नै मिलाउने गरिएको बताउँदै उहाँले श्रीमान्÷श्रीमतीका झगडाका समस्या धेरै आउने गरेको जानकारी दिए ।

कानून निर्माणका लागि कानूनी सल्लाह दिने व्यक्तिको व्यवस्था हुनु अपरिहार्य भएको उनको भनाइ छ । माछापुच्छ«े गाउँपालिका पर्यटन, जलस्रोत एवं कृषिको धेरै सम्भावनायुक्त क्षेत्र भएको नेपाली काँग्रेस कास्कीका सदस्य विष्णुबहादुर क्षेत्रीले बताए ।

यस गाउँपालिकामा घरबास पर्यटन र पदयात्रा पर्यटनको उच्च सम्भावना छ, उनले भने, “धम्पुसबाट पोथना, टोल्का हुँदै लान्द्रुक र त्यहाँबाट अन्नपूर्ण आधार शिविरसम्मको पदयात्रा मार्ग यहाँको अत्यन्त चर्चित पदमार्ग हो ।”

धम्पुसबाट पित्तम देउराली हुँदै मर्दी हिमाल पुग्ने अर्को पदमार्ग पनि उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ छ । स्थानीय साधनस्रोतको उपयोगका माध्यमबाट पनि गाउँपालिकालाई समृद्ध बनाउन सकिने बताउँदै उनले यहाँ पाइने दुर्लभ जडीबुटीका साथै मर्दी र सेती नदीबाट जलविद्युत् उत्पादन गरी गाउँपालिकालाई आर्थिकरुपमा समृद्ध बनाउन सकिन्छ ।

वि.सं.२०७४ फागुन ३० बुधवार ०६:२९ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...