back
CTIZAN AD

उखु किसान आन्दोलनमा

वि.सं.२०७४ फागुन ३० बुधवार

681 

shares

३० फागुन, नवलपरासी ।  उखु किसानले आन्दोलन गरेका छन् । चिनी उद्योगसँग उचित मूल्य र समयमै उखुको भुक्तानी माग राख्दै उनीहरुले आन्दोलन थालेका हुन् । किसानले यस पटक आफूहरु उखुको तौलमा ठगिएको र उखुको समयमै भुक्तानी नभएको भन्दै आन्दोलन थालेका हुन् ।

उखु क्रसिङ याम अन्तिम अवस्थामा आइपुग्दासम्म चिनी उद्योगले रकम भुक्तानी नगरेका उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले बताP । पश्चिम नवलपरासीस्थित इन्दिरा सुगर मिल गंगापुरले किसानलाई उखुको तौलमा ठगी गरेको पुष्टि भएपनि सरोकारवाला पक्षले कारबाही प्रक्रिया अघि नबढाएको किसानको गुनासो छ ।

यसअगावै सो उद्योगको उखु तौल गर्ने काटामा शिल गरेको भए पनि उद्योगले तौलमा ठगी गरेबापतको क्षतिपूर्ति दिनुपर्ने र उखुको भुक्तानी रकम दिनुपर्ने माग राख्दै किसान आन्दोलनमा छन् । गत वर्ष नै कामय रहेको मूल्यसमेत मिल सञ्चालकले उपलब्ध नगराउँदा किसान मारमा परेका हुन् ।

भुक्तानीको माग गर्दै किसानले आन्दोलनलाई जारी राखेका छन् । किसानले इन्दिरा सुगर मिलमा तालाबन्दीसमेत गरेका छन् । उखु किसानलाई रकम भुक्तानी र तौलमा ठगी गरेबापत किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने अध्यक्ष यादवले बताP । उखु तौलमा ठगिएका किसानलाई दोब्बर क्षतिपूर्ति दिनुपर्ने र ठगी कार्यमा संलगन मिल सञ्चालक र बिचौलियालाई ठगी मुद्दाअन्तर्गत कारबाही हुनुपर्ने समितिको माग छ ।

उक्त मिलले यस वर्ष अहिलेसम्म करिब पाँच लाख क्विन्टल उखु क्रसिङ गरिसकेको छ । हालसम्म करिब रु सात करोड बराबरको मात्र भुक्तानी गरेको उखु कृषक समितिले जनाएको छ ।

इन्दिरा सुगर मिलले जिल्ला प्रशासन कार्यालय नवलपरासी र उखु उत्पादक कृषि समितिबीच नियमित भुक्तानी दिने पटकपटक सहमति गर्दैआएको भएपनि किसानलाई ठगी गर्दै आएको छ । उखु किसानको रकम भुक्तानी गर्न मिल सञ्चालकले रकम नदिँदा भुक्तानी गर्न नसकिएको इन्दिरा सुगर मिलका महाप्रबन्धक सुरेन्द्र z’Snf  बताउF5g\ । उक्त मिलले चालू याममा रु १३ करोडको चिनी बिक्री गरेको भएपनि हालसम्म रु छ करोड भुक्तानी गरेको छ । मिलको गोदाममा करिब रु १२ करोडको चिनी मौज्दात छ ।

जिल्लामा इन्दिरा सुगर मिल गंगापुर र वाग्मती खाडसारी उद्योग कुडिया मात्र सञ्चालनमा छन् । नवलपरासीमा करिब १३ हजार उखु कृषक रहको तथ्यांक छ ।

 

वि.सं.२०७४ फागुन ३० बुधवार १५:३८ मा प्रकाशित

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

काठमाडौं । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ’ए सिक्स एस...

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...