back
CTIZAN AD

बच्चा सुताएर जिम जानेलाई २१ वर्ष जेल

वि.सं.२०७४ चैत १ बिहीवार

870 

shares

अमेरिकाको ओरिगत राज्यकी ३२ वर्षे महिलालाई २१ वर्षको जेल सजाय भएको छ ।
३२ वर्षीया निथरलिन नामकी यी महिलालाई डे केयरमा राखिएका ७ जना बालबालिकालाई मेलाटोनिन औषधि खुवाएर आफू जिम खाना र शरीको छाला परिवर्तन गरी रातो कालो बनाउनका लागि बाहिर जाने गरेको आरोपमा उक्त जेल सजाए सुनाईएको हो ।
एनले आफ्नो घरमै ४ वर्षदेखि चलाउँदै आएको डे केयरमा राखिएका बच्चाहरुलाई झण्डै पाँच घण्टा बेहोसी अवस्थामा छोडेर बाहिर जाने गरेको आरोप लागेको छ । उनले बच्चाहरुका बाबु आमा तथा अन्य सदस्यलाई बिहाँन ११ देखि २ बजेसम्म बच्चा सुत्ने समय रहेकोले पिकअप गर्न वा हेर्न नआउन भन्ने गरेकी थिइन् ।
आफ्ना बच्चालाई स्कुल पठाउने र ती साना बालबच्चालाई निदाउने औषधि खुवाउने गरेको बताइएको छ । ती महिलाले अबैध रुपमा संचालन गर्दै आएको डे केयर पनि बन्द गरिएको छ ।
प्रहरीले उक्त डे केयरमा छापा मार्दा ति बच्चाहरुलाई अधिकतम तातो दूध खुवाउने गरिएको, विविध गैरकानुनी औषधि छरपस्ट छरिएको पाइएको थियो ।
यि महिलालाई ११ काउन्टको फस्ट डिग्री अपराधको अभियोगसहित अदालतले २१ वर्षका लागि जेल चलानका लागि आदेश दिएसँगै उनी जेल पुगेकी हुन । उनी जेलबाट निस्कदा ५३ वर्ष हुनेछिन् ।

स्मरण रहोस : अमेरिकामा आफूले बच्चा जिम्मा लिएको बच्चा उनीहरु १६ वर्ष नपुग्दा सम्म एक्लै छोड्न कानुनी रुपमा बर्जित रहेको छ । यदि बच्चाहरु एक्लै छोडेको पाइएमा प्रहरी वा ल इन्फोर्समेन्टले बच्चा एक्लै छोडेको पाइएका तीनका बाबुआमा, हेरचा गर्ने मानिस अपराधि ठहरिनेछन् ।

वि.सं.२०७४ चैत १ बिहीवार ०८:५४ मा प्रकाशित

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...