back
CTIZAN AD

आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पारित

वि.सं.२०७४ चैत ६ मंगलवार

918 

shares

pradesh-no4

६ चैत, पोखरा (रासस) । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, २०७४ सर्वसम्मतले पारित गरेको छ ।

आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी पाएका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले ‘प्रदेश सरकार प्रदेश नं ४ को आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, २०७४’ लाई पारित गरियोस् भन्दै गरेको प्रस्ताव बैठकले सर्वसम्मतले पारित गरेको हो ।

त्यस्तै बैठकले प्रदेशसभाअन्तर्गत रहने विभिन्न समितिका सदस्य चयन गरेको छ । बैठकमा सभामुख नेत्रनाथ अधिकारीले यसअघि पाँच सदस्य चयन भएको विधायन समितिमा सदस्य थपका साथै सार्वजनिक लेखा समिति, प्रदेश मामिला समिति र अर्थ तथा विकास समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गर्दा बैठकले त्यसलाई सर्वसम्मत अनुमोदन गरेको थियो ।

बैठकले अनुमोदन गरेका सदस्यमा विधायन समितिमा ललितकला गुरुङ, कृष्णचन्द्र नेपाली पोखरेल र चन्द्रबहादुर बुढालाई थप गरिएको छ । सार्वजनिक लेखा समितिमा ओमकला गौतम, विन्दुकुमार थापा, मेखलाल श्रेष्ठ, रामबहादुर गुरुङ, पियारी थापा, गायत्री गुरुङ, दीलमाया रोका र प्रकाशचन्द्र्र दवाडी छन् ।

प्रदेश मामिला समितिमा चिन्तबहादुर घले, मनकुमारी गुरुङ, कोपिला बोहोरा, मधु अधिकारी, दीपक थापा र मित्रकुमारी गुरुङ सुवेदी रहेका छन् । त्यस्तै अर्थ तथा विकास समितिमा दीपक कोइराला, विनोद केसी, दोबाटे विश्वकर्मा, सरिता गुरुङ, भगवत प्रकाश मल्ल, कृष्ण थापा, जनकलाल श्रेष्ठ र हरिशरण आचार्य रहेका छन् ।

वि.सं.२०७४ चैत ६ मंगलवार २१:३६ मा प्रकाशित

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

आजको मौसमः आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५...

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु...