back
CTIZAN AD

बोक्सीको आरोपमा कुटिएकी चौधरीलाई वेलायतबाट आर्थिक सहयोग

वि.सं.२०७४ चैत ७ बुधवार

816 

shares

money

७ चैत, कैलाली । बोक्सी आरोपमा निर्घात कुटिएकी कैलालीे घोडाघोडी नगरपालिका–५ देउकलियाकी २० वर्षीया राधा चौधरीलाई रु ३६ हजार आर्थिक सहयोग उपलब्ध गराएकोे छ ।

धनगढीमा मंगलबार पत्रकार सम्मेलन गरी प्रदेशसभा सदस्य चुनकुमारी चौधरीसहित अन्य चार जनाले सो सहयोग रकम उपलब्ध गराएको हो ।

हाल बेलायतमा बस्दै आएका रामप्रसाद राई, अनुराधा राई र सुस्मा राईले प्रदेशसभा सदस्य चौधरीमार्फत सो रकम सहयोगस्वरुप उपलब्ध गराएको जानकारी सो अवसरमा दिइयो ।

बोक्सीको आरोपमा पीडित राधाको शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले सो रकम हस्तान्तरण गरेको उल्लेख गर्दै प्रदेशसभा सदस्य चौधरीले आजदेखि ‘कुरीतिविरुद्ध साझा अभियान’को थालनी भएको समेत जानकारी दिइन् ।

सो अवसरमा पीडित चौधरीले गाउँमा बस्ने वातावरण बनाइदिनका लागि सबै पक्षसँग आग्रहसमेत गरिन ।

गत फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसकै दिन गाउँकै भोले बाबा भन्ने रामबहादुर चौधरीले दुई महिला सहयोगीको साथ लिई बोक्सी लागेको भन्दै राधालाई निर्घात कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्न हुनेहरुविरुद्ध बोक्सी आरोप कसुर तथा सजाय ऐन र ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर गरिएको छ । रासस

वि.सं.२०७४ चैत ७ बुधवार ०८:३६ मा प्रकाशित

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...