back
CTIZAN AD

मौरी पालेर शिक्षकलाई तलब

वि.सं.२०७४ चैत ९ शुक्रवार

861 

shares

mouri

९ चैत, मलेखु, धादिङ । बेनीघाट रोराङ गाउँपालिका–२ मा रहेको रावलडाँडा आधारभूत विद्यालयमा मौरीपालन गरेर विद्यालयको स्रोत जुटाइएको छ ।

विद्यालय सञ्चालनका लागि आर्थिक अभाव भएपछि मौरीपालन शुरु गरिएको हो । सरकारले सामुदायिक विद्यालय सञ्चालन गर्न तथा तह बढाउन अनुमति दिने तर शिक्षक दरबन्दी नपठाउने भएपछि सामुदायिक विद्यालय व्यवस्थापन समितिले नै शिक्षकलाई निजी स्रोतमा तलब खुवाउनका लागि मौरीपालन शुरु गरिएको हो ।

विद्यालय टाढा हुने एउटा तह पार गरेपछि अर्को तह पढ्नका लागि विद्यार्थीले विद्यालय नै परिवर्तन गर्नुपर्ने समस्याका कारण विद्यालयको तह बढाउन वैकल्पिक आयआर्जन गर्नुपर्ने बाध्यता विद्यालयलाई छ ।

नजिक विद्यालय नहुँदा विद्यार्थी माथिल्लो कक्षा अध्ययन गर्नको लागि टाढा जान नसक्ने कारणले गर्दा विद्यालय छाड्ने समस्या बढ्दै गएपछि विद्यालयको तह वृद्धिको लागि आयआर्जनको बाटो खोजेको रावलडाँडा आधारभूत विद्यालयका अभिभावक रामबहादुर रावलले बताए ।

कक्षा ८ सम्मको अनुमति भए पनि एक जनाले बालविकास केन्द्रको सहयोगमा पढाउने र एक प्राथमिक तहको दरबन्दीबाहेक कुनै शिक्षक नभएको पूर्व गाविस अध्यक्षसमेत रहनुभएका उनले जानकारी दिए । कक्षा ८सम्म पढाइ हुने विद्यालयमा हाल २२४ विद्यार्थी पढ्ने गर्छन् ।

अहिले विद्यालयको छतमा २० घार मौरी पालिएको छ । विद्यालयलाई गैरसरकारी संस्था युएमएन र प्रयास नेपालले आधुनिक मौरीको घार निःशुल्क उपलब्ध गराइदिएको थियो । अहिले परीक्षणका रुपमा २० घारमा मौरी राखिएको र यसको उत्पादन राम्रो भएमा थप बढाउने विद्यालयका प्रधानाध्यापक सञ्जीव रावलले बताए ।

समुदायकै पहलमा विद्यालयको तह वृद्धि गरी सामूहिक तरकारी खेती गरी, अन्न संकलन गरी तथा खसीबाख्रा पालेर पनि धादिङका केही विद्यालयले अहिले शिक्षकलाई तलब खुवाउँदै आएका छन् । ग्रामीण क्षेत्रका प्राथमिक तहका धेरैजसो विद्यालयमा शिक्षक दरबन्दी नहुने र निजी स्रोतमा राखिएका शिक्षकलाई तलब खुवाउन अन्न तथा नगदै संकलन गरिँदै आएको छ ।

वि.सं.२०७४ चैत ९ शुक्रवार ०९:५६ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...