back
CTIZAN AD

धनगढी प्रिमियर लिगः महेन्द्रनगर र विराटनगर विजयी

वि.सं.२०७४ चैत २३ शुक्रवार

666 

shares

khel3२३ चैत, धनगढी । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत विहिबार भएको खेलमा महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्स विजयी भएका छन् ।

महेन्द्रनगरले रुपन्देही च्यालेन्जर्सलाई चार विकेटले तथा विराटनगर किंग्सले टिम चौराह धनगढीलाई १८ रनले पराजित ग¥यो ।

संघीय प्रहरी इकाइ कार्यालय धनगढीको मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४४ रन बनायो । १४५ रनको विजय लक्ष्य पाएको महेन्द्रनगरले १८ दशमलव पाँच ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो ।

महेन्द्रनगरका लागि कप्तान विनोद भण्डारीले ६१ रन बनाए । उनले ४८ बलमा दुई छक्का र पाँच चौका प्रहार गरे । यस्तै पुनित विष्टले २२ बलमा चार छक्का र तीन चौका हान्दै ४५ रन बनाए । पुनित मेहराले अविजित १६ रन बनाए । बलिङतर्फ रुपन्देहीका लागि दिपेश श्रेष्ठले तीन तथा सुसन भारीले दुई र सागर पुनले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गर्दै रुपन्देहीका लागि प्रदीप ऐरीले ३२ बलमा एक छक्का र पाँच चौकासहित ३९ रन बनाए । सागर पुनले २८, दीपक प्रसादले १७ र कुशल मल्लले १५ रन बनाए ।

बलिङतर्फ महेन्द्रनगरका लागि पुनित विष्टले चार ओभरमा १२ रन खर्चेर चार विकेट लिए । भुवन कार्की, पुनित मेहरा, करण केसी र अविनाश कर्णले एक÷एक विकेट लिए । खेलको ‘प्लेयर अफ द म्याच’ महेन्द्रनगरका पुनित विष्ट भए ।

यसअघि विहिबारै भएको अर्को खेलमा विराटनगर किंग्सले टिम चौराह धनगढीलाई १८ रनले पराजित ग¥यो । टस जितेर धनगढीले फिल्डिङ राजेपछि विराटनगरले ब्याटिङ गर्दै १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनायो ।

१२८ रनको लक्ष्य पछ्याएको टिम चौराहाले २० ओभरमा नौ विकेट गुमाउँदै १०९ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि पवन शराफले ४१ रन बनाए । उनले ३४ बलमा दुई छक्का र एक चौका हाने । अनिलकुमार साहले २४, शुभम कामतले १८ र बाबर हयातले १५ रन बनाए ।

बलिङतर्फ टिम चौराह धनगढीका सुनिल धमलाले चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दै एक मेडन राखेर १० रन खर्चे । कप्तान सोमपाल कामी र रोहन मुस्तफाले दुई÷दुई विकेट लिए । ललितसिंह भण्डारी र सम्साद शेखले एक÷एक विकेट लिए ।

व्याटिङतर्फ धनगढीका लागि शंकर रानाले २५, अस्फाक अहमदले २२, राजु रिजालले १८, सुनिल धमलाले १२ र रोहन मुस्तफाले ११ रन बनाए । बलिङतर्फ विराटनगरका पवन शर्राफले चार, वसन्त रेग्मी र पारस खड्काले दुई÷दुई तथा शुभम कामतले एक विकेटले लिए । रासस

वि.सं.२०७४ चैत २३ शुक्रवार ०९:४६ मा प्रकाशित

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको...

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित...

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...