back
CTIZAN AD

 ४ वर्ष भित्रमा ३० लाख पर्यटक देश भित्र्याउने टन्डनको लक्ष्य

वि.सं.२०७४ चैत २३ शुक्रवार

822 

shares

nb-tandon२३ चैत, काठमाडौं । क्यानडाका लागि नेपालका पर्यटनदूत नर बहादुर टन्डनले आगामी ४ वर्षभित्रमा ३० लाख पर्यटन नेपाल भित्राउने लक्ष्य राखेका छन् ।
विगत ५ वर्षदेखि अमेरिका र क्यानडाको विभिन्न सहर र गल्ली गल्लीमा नेपाली संस्कृति तथा पर्यटकीय दृश्यलाई ट्रकमा बोकेर विदेशीलाई नेपाल घुम्न जाउ–जाउ बनाएका उनले मिनि नेपालको नामाकरण सहित प्रचार–प्रसारलाई तिब्र पार्दै आइरहेका छन् ।

nb-tandan2
काम सानो होस् या ठूलो हरेक काम गर्दा आउने अनेकौं कठिनाई र चुनौतीलाई सामना गर्दै दृढ संकल्प पूरा गर्न जरुरी छ भन्ने टन्डनले आफ्नो मुख्य उद्धेश्य नेपालको कला संस्कृति र भूगोललाई प्रचार प्रसारमा ल्याएर देशमा अत्यधिक पर्यटक भित्र्याउनका लागि अझ सशक्त र जुझारु रुपले लागि परेको बताउछन् ।
‘नेपाल सरकार र एनआरएनएले सहयोग गरेमा यो मिनी नेपाल अमेरिका र क्यानडाको सहरहरुमा मात्र नभएर विश्वको हरेक कुनामा पुग्ने छु,’ टन्डनले भने, ‘यसले नेपालको पर्यटन प्रवद्र्धनमा अहम भूमिका निभाउने छ भन्ने मैले विश्वास लिएको छु ।’
उनले चीनका लागि नेपाली महावाणिज्यदूत रविन भट्टराईको पहलमा चीनको सहरमा मिनि नेपाल नाम दिएर बस गुडाउने काम अत्यन्तै प्रसंसनिय रहेको बताउँदै चीनको अन्य सहरमा पनि यस्तो कार्यक्रम भइदिए अझ राम्रो हुने टन्डनले बताएका छन् ।

वि.सं.२०७४ चैत २३ शुक्रवार १०:२३ मा प्रकाशित

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...