back
CTIZAN AD

अभिशत्त प्रेम

वि.सं.२०७४ चैत २३ शुक्रवार

852 

shares

गीता पुढासैनी

प्रिय मान्छे
म तिमीलार्इ
तिम्रो एउटै कुराले मात्र सम्झन्छु
त्यो दिन
हामीसँगै खहरे तर्दै गर्दा
हात समाएरै भनेका थियौ
सखी
जिन्दगी महाभारत जस्तै हो ।

अचेल
जब आमाले दैलोमाथिको
राधा कृष्णको मुर्तिअघि उभिएर
घण्ट बजाउनुहुन्छ
तिमीलार्इ सम्झन्छु
प्रेम दिवशको दिन
हातभरि गुलाफ

गुलाबी अधर बोकेर हिँडेका जोडि देख्छु
म तिमीलाई  नै सम्झन्छु
हातमा देवकोटाको मुनामदन राखिदिएर
कयौं पल्ट भोनेकै हौ
यो प्रेमको गलत परिभाषा हो
त्यतिखेरै
भित्तामा देवकोटाको अनुहार देख्छु
अनी तिमीलाइ सम्झन्छु
तिमी पनि त
अभिनयको भयानक महाभारत रहेछौ ।

सखी
सम्बन्धको शून्य विन्दुमा उभिएर

कसरी
बुभ्न सक्छु ?
तिम्रो प्रेमको गणीतिय शास्त्र

महाभारत नपढेको मान्छे
सोचिरहेछु को हन् अर्जुन र कृष्ण ?
तर
त्यतीखेर
तिम्रो आँखामा हेरेर
सोचेको थिए
मलार्इ तिम्रो जिन्दगीको
राधा चाहिँ बन्नु छैन ।

इति

वि.सं.२०७४ चैत २३ शुक्रवार १०:२४ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...