
प्रिय मान्छे
म तिमीलार्इ
तिम्रो एउटै कुराले मात्र सम्झन्छु
त्यो दिन
हामीसँगै खहरे तर्दै गर्दा
हात समाएरै भनेका थियौ
सखी
जिन्दगी महाभारत जस्तै हो ।
अचेल
जब आमाले दैलोमाथिको
राधा कृष्णको मुर्तिअघि उभिएर
घण्ट बजाउनुहुन्छ
तिमीलार्इ सम्झन्छु
प्रेम दिवशको दिन
हातभरि गुलाफ
र
गुलाबी अधर बोकेर हिँडेका जोडि देख्छु
म तिमीलाई नै सम्झन्छु
हातमा देवकोटाको मुनामदन राखिदिएर
कयौं पल्ट भोनेकै हौ
यो प्रेमको गलत परिभाषा हो
त्यतिखेरै
भित्तामा देवकोटाको अनुहार देख्छु
अनी तिमीलाइ सम्झन्छु
तिमी पनि त
अभिनयको भयानक महाभारत रहेछौ ।
सखी
सम्बन्धको शून्य विन्दुमा उभिएर
म
कसरी
बुभ्न सक्छु ?
तिम्रो प्रेमको गणीतिय शास्त्र
म
महाभारत नपढेको मान्छे
सोचिरहेछु को हन् अर्जुन र कृष्ण ?
तर
त्यतीखेर
तिम्रो आँखामा हेरेर
सोचेको थिए
मलार्इ तिम्रो जिन्दगीको
राधा चाहिँ बन्नु छैन ।
इति
वि.सं.२०७४ चैत २३ शुक्रवार १०:२४ मा प्रकाशित






























