back
CTIZAN AD

वन्यजन्तुको आनीबानी थाहा पाउँदा राम्रो

वि.सं.२०७५ वैशाख ५ बुधवार

666 

shares

tiger

५ बैशाख, रत्ननगर, चितवन । चितवन निकुञ्ज आसपासमा वन्यजन्तुको आनीबानी थाहा नहुँदा कतिपय अवस्थामा मानिस आक्रमणमा पर्ने गरेका छन् ।

हात्ती, बाघ, गैँडा, चितुवा, भालुलगायत वन्यजन्तुको आनीबानी थाहा पाए दुर्घटना हुनबाट जोगिन सकिन्छ । यसप्रति सचेत हुनुपर्नेमा संरक्षणकर्मीको जोड छ ।

बाघ लजालु प्रजाति हो । मानिसलाई आक्रमण गरिहाल्दैन । एक्कासि जम्काभेट हुँदा, घाइते अवस्थामा, मान्छे खान बानी लागेको र बच्चासँग भएको बाघ बढी रिसाहा हुन्छ । यस्ता बाघसँग टाढै बस्नुपर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका एकजना संरक्षण अधिकृत ऋषिराम सुवेदी बताउँछन् ।

वन्यजन्तुको आनीबानीबारे बताउँदै सुवेदीले भने “बाघले जहिले पनि पछाडि या अगाडिबाट घाँटीमै आक्रमण गर्छ, नजिक नजाने, नजिस्काउने, हल्ला नगर्ने, देखेपछि विस्तारैपछि हट्नेजस्ता क्रियाकलापले बाघ आफैँ तर्किन्छ ।”

मान्छे खान पल्किएको छ भने लुसुक्क लुकेर अर्को पट्टिबाट घुमेर आक्रमण गर्ने उनको भनाइ छ । त्यसैले, पाइला ताजा छन्, नंग्रा फिँजारिएको, लतारिएको छ, कतैकतै रगत देखिएको छ भने त्यो क्षेत्रबाट बाहिर निस्कनु नै बेस हुने सुवेदी बताउछन् ।

गैँडा बाघभन्दा अलि लाटोजस्तो हुन्छ । नजिक नपरेसम्म यसले आक्रमण गरिहाल्दैन । हान्न आयो भने रुखको छेक पर्दा, रुख चढ्दा या बांगोटिंगो भाग्दा बच्न सकिने एक नेचर गाईड डोमा पौडेल बताउछन् ।

हात्ती अलि बढी चलाख हुने भएकाले हात्तीसँग भने धेरै सतर्क हुनुपर्ने उनी बताउछन् । परैबाट लखेट्ने स्वभावको हुने भएकाले हात्तीबाट जोगिन नजिक नै पर्नुहुन्न । कुनै ठूलो रुख चढ्ने, कुनै खोल्सा, ठूलो लडेको रुख पार गर्न सक्यो भने हात्तीबाट केही हदसम्म जोगिन सकिन्छ ।

चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक सकेसम्म वन्यजन्तुको नजिक नै जान नहुने, जानै परे सावधानी अपनाउनुपर्ने बताउछन् । बच्चासहित हुँदा, घाइते भएका बेला तथा अन्य विभिन्न कारणले चितुवा, भालु पनि आक्रामक हुने उनको भनाइ छ ।

चितवन निकुञ्ज आसपास क्षेत्रमा घाँस काट्न जाँदा, निउरो टिप्न जाँदा, गाईबस्तु चराउन जाँदा वन्यजन्तुले मानिसमाथि आक्रमण गर्ने गरेको छ । कतिपय अवस्थामा वन्यजन्तुले घरमै आएरसमेत आक्रमण गर्ने गरेको छ ।

वि.सं.२०७५ वैशाख ५ बुधवार ११:३७ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...