back
CTIZAN AD

बाघ संरक्षणका लागि दौड

वि.सं.२०७५ वैशाख ५ बुधवार

711 

shares

Rss_Images_1524032332524_ND

५ वैशाख रत्ननगर, चितवन । चितवनको रत्ननगरस्थित सौराहामा बाघ संरक्षणमा सचेतना फैलाउन आज दौड प्रतियोगिता आयोजना गरिएको छ ।

सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने सरकारी लक्ष्य पूरा गर्ने उद्देश्यले चेतना फैलाउन २३औँ वन्यजन्तु सप्ताहको अवसरमा आज सौराहामा दौड प्रतियोगिता गरिएको हो ।

दौड प्रतियोगिताको उद्घाटनका क्रममा पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आफू मन्त्री हुँदा बाघ संरक्षणका लागि रु ५० करोड विनियोजन गरेको स्मरण गर्दै गैँडामात्रै होइन बाघका लागि पनि चितवन उत्कृष्ट जिल्ला हो भनेर पहिचान दिलाउनुपर्नेमा जोड दिए ।

“कतिपय प्रजाति लोप हुने अवस्थामा छन्, बाघको आहारा भएन भने हराउन पनि सक्छ, पाण्डेले बताए , हरेक प्राणी बाँच्नुपर्छ, त्यो पृथ्वीको सौन्दर्य हो ।” उनले संरक्षण र पर्यटनलाई सँगसँगै अघि बढाउनु जरुरी रहेको औल्याएका थिए ।

सो क्रममा चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले पारिस्थितिक प्रणालीको सूचक बाघ भएको बताउँदै संरक्षणमा सबैको हातेमालो जरुरी रहेको बताउका छन् ।

संरक्षणकर्मी तथा मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य नजिक पुगेको बताउनुभयो । उहाँले हरेक क्षेत्रले संरक्षणमा आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्नुपर्ने उल्लेख गरेका थिए ।

कार्यक्रम संयोजक तथा बाघ संरक्षण उपसमितिका अध्यक्ष जितु तामाङले बाघ बसेको क्षेत्र हरेक दृष्टिले महत्वपूर्ण हुने भन्दै यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिएका थिए ।

‘बाघका लागि दौड’ भन्ने नारासहित आज सौराहामा भएको चार किलोमिटर दौड प्रतियोगितामा सौराहा डोजाङका अमृत लामा प्रथम, बटुक दल गणका रणबहादुर अधिकारी दोस्रो, सौराहा डोजाङकै रोमित राउत तेस्रो र बटुक दल गणकै सञ्जय राईले सान्त्वना स्थान प्राप्त गरेका छन् । दौडमा २० जनाको सहभागिता थियो ।

उनीहरुलाई वन्यजन्तु सप्ताहको अन्तिम दिन वैशाख ७ गते सम्मान तथा ट्रफी वितरण हुने आयोजक प्रतिनिधि प्रकाश चापागाईंले बताए ।

वि.सं.२०७५ वैशाख ५ बुधवार ११:३४ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...