back
CTIZAN AD

चौधरीको उपचारका लागि साझा मञ्चले पहल थाल्यो

वि.सं.२०७५ वैशाख १० सोमवार

693 

shares

shree-ram-chaudariसाउदी अरबमा कार्यरत दाङका श्रीराम चौधरीलाई कम्पनीले नेपाल फर्काई दिएको छ । दुवै मिर्गौलामा समस्या भएपछि नेपाल फर्काइएका चौधरीको उपचारका लागि नेपाली साझा मंचले ले नेपालबाट पहल गरेको छ । उनको थप उपचार गर्नु पर्ने डाक्टरको सुझाव आयो भने वैदेशिक रोजगार विभागका साथै नेपाली समुदायहरुसँग सहयोगका लागि अनुरोध गरिने पनि श्रेष्ठले जानकारी दिए ।

स्वस्थ युवाका रुपमा वैदेशिक रोजगारका लागि उनी २७ महिनाअघि साउदी अरबको अब्दुलरहमान अलओताइसन ग्रुप नामको कम्पनीमा गएका थिए । पाजु मेनपावर मार्फत साउदीमा साउदी रियल ९००ं+ ३०० तलब, दुई वर्षको करार अवधी र पलम्बर कामका लागि भनि गएका उनीलाई सम्झौता विपरीत ७००ं+३०० मात्र तलब र हेल्पर, पेन्टर, इन्सुलेसन र सिभिल पाइप लाइनमा खाडल खन्ने गैती र बेल्चा चलाउने काम लगाइएको चौधरीको भनाई उद्धत गर्दै श्रेष्ठले बताए ।

२०१७ जुलाईबाट मिर्गौला रोगबाट पीडित भएका चौधरीको उपचारमा कम्पनीले बेवास्ता गरेका कारण समस्या जटिल भएको उनको भनाई छ। समस्या जटिल र काम गर्न नसक्ने भएपछि कम्पनीले उनलाई अप्रिल २१ मा नेपाल फर्काइदिएको हो ।

हाल मिर्गौला पीडित चौधरीलाई काठमाडौं स्थित वीर अस्पतालमा प्रारम्भिक उपचारका लागि लगिएको साझा मञ्चका अन्तराष्ट्रिय सम्योजक महेश श्रेष्ठले जानकारी दिए । चौधरीको एक पत्नी दुई छोरा छन् । जेठो २ कक्षा र कान्छा छोरा यू केजिमा पढ्दै छन् ।

वि.सं.२०७५ वैशाख १० सोमवार ०९:०१ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...