back
CTIZAN AD

पानीसुक्न थालेसँगै तालका माछा छटपटाउँदै

वि.सं.२०७५ वैशाख १२ बुधवार

714 

shares

१२ वैशाख, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ८ मा पर्ने यस क्षेत्रकै प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र मणिका धाममा रहेको तालका माछा पानी सुक्दा छटपटाउन थालेका छन् ।

बढ्दो गर्मीसँगै तालमा पानीको सतह घट्दै जान थालेपछि संरक्षण गरिएका माछा मर्ने सम्भावना बढेको हो । थोरै पानीमा धेरै माछा रहेकाले आवश्यक आहार र पर्याप्त विहार गर्ने ठाउँ नहुँदा माछाको अस्तित्व खतरामा परेको मणिका धाममा बस्दै आएका साधु आनन्द गिरीले बताए ।
“एउटै माछाको तौल १० देखि १५ किलोग्राम भन्दा बढी छ ।” गिरील भने, “तालमा पानी एक तिहाइ पनि छैन, माछा मर्ने सम्भावना निकै बढी छ । जोगाउनका लागि सम्बन्धित निकायले चासो नदिए तालमा रहेका माछाका प्रजाति लोप हुने संभाबना छ ।”

वर्षातका बेला उत्तरतर्फको पहाडबाट आउने भेलले ताललाई पुर्दै आएकामा बचाउनका लागि चासो नदिँदा यस्तो अवस्था आएको यहाँका बासिन्दा बताउँछन् । ताल प्रतिवर्ष दुई मिटर बढीका हिसाबले पुरिँदै जान थालेको छ ।

पर्यटकीय क्षेत्रमा ल्याईएको धारामा समेत पानी आउने क्रम बन्द भएको छ । लाखौं रुपैयाँ खर्चेर बनाइएको खानेपानी आयोजनामा मसिनो पाइप राख्द चुना भरिएर पानी आउने क्रम बन्द भएकाले पर्यटकीय क्षेत्रमा पुग्ने अवलोकनकर्ताले सास्ती खेप्नुपरेको छ । तालमा लहरै उफ्रने माछा हेर्नका लागि पर्यटक यहाँ आउने गर्दछन् ।

वि.सं.२०७५ वैशाख १२ बुधवार १३:४८ मा प्रकाशित

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...