back
CTIZAN AD

पूर्र्वी नवलपरासीमा गिद्ध संरक्षण

वि.सं.२०७५ वैशाख १२ बुधवार

705 

shares

१२ वैशाख, नवलपरासी । पूर्वी नवलपरासीमा गिद्ध संरक्षण कार्यलाई निरन्तरता दिइँदै आएको छ । प्रजनन केन्द्रमा गिद्ध हुर्काएर खुल्ला छाड्ने यो अभियान नेपालमा सफल देखिएकाले यसले निरन्तरता पाउँदै आएको हो ।

पूर्र्वी नवलपरासीको कावासोती नगरपालिका अन्तर्गत नमूना मध्यवर्ती सामुदायिक वनमा जटायु रेष्टुरेन्ट स्थापना गरी गिद्ध संरक्षण हँुदै आएको छ । संभबतः नेपालमा पहिलो पटक गिद्ध संरक्षण गर्न थालिएको सरोकारवालाहरूले जनाएका छन् । दशवर्ष अघि स्थापना भएको यस रेष्टुरेन्टमा हाल ५० गिद्ध छन् ।

पछिल्लो पटक चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका थप सातवटा गिद्धलाई सामुदायिक वनमा रहेको उक्त रेष्टुरेन्टमा संरक्षणका लागि राखिएको हो ।

संरक्षणको केही महिनापछि ती गिद्धलाई खुल्ला छाडिने जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका संयोजक एवं पंक्षीविद् डि.बी चौधरीले जानकारी दिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार चार बच्चा, एउटा भाले माउ र दुईपोथी माउ गरी सात गिद्धलाई उक्त रेष्टुरेन्टमा पठाइएको हो ।

यसअघि गत चैत महिनामा पनि चार बच्चा र एक जोडी माउ गिद्धु रेष्टुरेन्ट पठाइएकामा अहिले थप सात र गत चैत महिनामा पठाइएका छ वटा गरी १३ गिद्ध पनि सोही रेष्टुरेन्टमा राखिएको र केही महिनाअछि खुल्ला छाडिने जनाइएको छ ।

खोर बाहिर पनि गिद्धका लागि सिनो र पानी राखिएको छ । खोर बाहिर खाना खान आउने गिद्ध र भित्रका गिद्धबीचमा घुलमिल बढाएर भित्रका गिद्धलाई खुल््ला छाड्ने गरिएको संयोजक चौधरीले बताएका छन् ।

हाल प्रजनन केन्द्रमा ५० गिद्ध छन् । तिनबाट २१ वटा अण्डा पारिए पनि छ वटाबाट मात्रै बच्चा कोरलिएका छन् । नयाँ जोडीले अण्डा पारेका र चारवटा भूइँमा पारेकाले सबै अण्डा कोरलिन नसकेका हुन् ।

प्रजनन केन्द्रमा डाइक्लोफिनरहित राँगाको मासु गिद्धलाई खुवाइँदै आइएको छ । गिद्ध लोप हुँदै गएपछि सरकारले गिद्ध संरक्षण कार्य शुरु गरेको हो ।

वि.सं.२०७५ वैशाख १२ बुधवार १३:३५ मा प्रकाशित

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...