back
CTIZAN AD

मछिन्द्रनाथको काममा रमाउँदै सेवकहरु

वि.सं.२०७५ वैशाख १२ बुधवार

621 

shares

machhindra१२ वैशाख, ललितपुर । मछिन्द्रनाथको जात्रामा मीननाथको रथ बाँध्दै आएका चिरीकाजी महर्जन अहिले छोरा भतिजालाई सिकाउने र सघाउने गर्छन् ।

रातो मछिन्द्रनाथको जात्रामा काठको काम सकिएपछि बेतले रथ बाँध्नेलाई ञँवाल भनिन्छ । ञँवालहरुले पुस्तौदेखि यो काम गर्दै आएका छन् । उमेरका कारणले पनि महर्जन अहिले रथमाथि चढ्न आँट नआउने बताउँछन् । उनि भन्छन्, “हामी पाकाले सिकाउने र ठीटा चढ्ने हो ।” उनको पूर्खाले परम्परादेखि यो काम गर्दै आएको छ ।

उनका परिवारका बाजे र काका रथबाट लडेर घाइते नै भए पनि काम छाडेनन्, महर्जनले भने, “अहिले पनि काम गर्ने जोश कम भएको छैन । ”

“आफ्नो परिवारले नै गर्दै आएकाले आफू गर्दा रमाइलो लाग्छ, मछिन्द्रनाथको जात्राका क्रममा हुुने कामलाई यहाँका रकमेहरुले उत्सव मान्छन्,” महर्जनले भने ।

रथ बाँध्न नौ जना ञँवालाको दरबन्दी हुन्छ । तीमध्ये छजना ज्यालाका काम गरेर १५ जनाले मीननाथको रथ बाँध्दै आएका छन् । उनीहरुको खान्की जग्गा छैन । उनि भन्छन्, “असुरक्षित भए पनि मछिन्द्रनाथको इतिहास जोगाउन काम गरिरहेका छौं । ”

मछिन्द्रनाथको जात्राको तयारीदेखि जात्रा अवधिभर विभिन्न काममा आवद्ध हुने जात आफूलाई मछिन्द्रनाथको काम गर्न पाएकोमा खुशी हुन्छन् । परम्परादेखि नै विभिन्न काम फरक÷फरक जातको जिम्मेवारी हुन्छ ।

मछिन्द्रनाथका सेवकलाई गुठी संस्थानको भाषाअनुसार रकमे भनिन्छ । उनीहरुमध्ये धेरैका नाममा पहिले जग्गा थियो । उनीहरु आफैं मोहीबाट कुत बुझ्थे । अहिले कतिपय जग्गा रैकर भइसकेको छ । रैकर नभएको कतिपय जग्गामा रकमे आफैं र कतिमा कार्यालयले कुत बुझेर दिन्छन् । कार्यालयले रकमेका लागि खान्की उपलब्ध गराउँदै आएको छ ।

जग्गा भएका र नभएका आफ्ूले गर्दै आएको काममा गर्व गर्छन् । पूर्खाले धान्दै आएको संस्कृतिलाई जोगाउन पाउँदा उनीहरु गर्वको महसुस समेत गर्छन् । मछिन्द्रनाथको जात्राका क्रममा राँगो काट्दै आउनुभएका ८७ बर्षीया भोसी शाही अझैसम्म काम गर्दै हुनुहुन्छ ।

उनि आफूलाई याद भएदेखि नै मछिन्द्रनाथको जात्राका लागि मासु काट्दै आएका हुन् । भगवानको काम गर्न पाउँदा उनलाई खुशी लाग्छ । उनि भन्छन्, “भगवानको काम गरेरै मर्न पाउँदा आनन्द लाग्छ ।” उनीपछि उनका सन्तानले नै यो काम गर्नेछन् । काम गरेबापत जग्गा नभए पनि पारिश्रमिक लिएर काम गर्दै आएका छन् ।

नेपाल पञ्चाङ्ग निर्णय समितिका सदस्यसमेत रहनुभएका कीर्तिमदन जोशीको परिवारले रातो मछिन्द्रनाथको जात्राका लागि साइत हेर्दै आएको छ । उनको बुबा र अहिले उनको भाइले साइत हेर्छन् । गणक, लेखक, स्रोता र दर्शक गरेर चारजना ज्योतिषको दरबन्दीको व्यवस्था गुठीले गरेको छ । तर लामो समयदेखि दुईजना मात्रै कार्यरत छन् । आफूलाई याद भएदेखि खान्की जग्गा नभएको जोशी बताउँछन् ।

आफ्नो पुस्ताले गर्दै आएकामा आफूपछिको पुस्ताले पुख्र्यौली काम गर्ला कि छाड्ला भन्ने चिन्ता उनँमा छ । उनि भन्छन्, “अहिलेको पुस्तामा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको छ, हामीले संस्कृतिप्रतिको मोह कम हुन दिनुहुँदैन ।”

गुठी संस्थान ललितपुरका शाखा अधिकृत शैलेन्द्र पौडेलले मेरो बाबु–बाजेले गरेको काम छाड्नुहुँदैन भन्ने भावना रकमेहरुमा रहेको बताउँछन् । तोकिएको जात र त्यही परिवारका सदस्यले मात्रै मछिन्द्रनाथको काम गर्न पाउँछन् उनि भन्छन्, “त्यसैले पनि धेरैमा काम गर्न पाउँदा सम्मानित भएको महसुस गर्नुहुन्छ ।” अध्ययन वा रोजगारीको सिलसिलामा विदेश गएका कतिपय कामको समयमा आउने गरेका छन् ।

रकमेहरुको कामका आधारमा पारिश्रमिकको व्यवस्था गरिएको उनि बताउनुहुन्छ । वर्षभर धेरै काम गर्नुपर्ने जातलाई धेरै र थोरै गर्नेलाई कम पारिश्रमिकको व्यवस्था हुन्छ । रकमेका लागि चामल, चिउरा, नुन, बेसार, अदुवा, मासुलगायतका खान्कीको समेत व्यवस्था गुठीले गर्दै आएको छ ।

मछिन्द्रनाथको सीमित स्रोतबाट खर्च गर्नुपर्ने बाध्यता रहेको पौडेल बताउनुहुन्छ । मछिन्द्रनाथको नाममा भएका जग्गामध्ये तैनाथी जग्गा गुठीले बढी आम्दानी लिनसक्छ । उनि भन्छन्, “कतिपय जग्गा कहाँ छ थाहा छैन, कति थाहा भएर दर्ता हुन बाँकी छ र कतिको आम्दानी लिन नसकिएको छ ।”

रकमेहरु सबैको फरक÷फरक जिम्मेवारीहुन्छ । साइत हेर्ने काम ज्योतिष, पूजा गर्ने पानेजु फूल चढाउने माली, रंगरोगन गर्ने नेकुको जिम्मेवारी हुन्छ । भाँडाकुडा चढाउने कुमाले, रथ गुडाउन निर्देशन दिने सै–सै बाजे, भात पकाउने सुवाल, काठको काम गर्ने बाराही हुन ।

त्यस्तै, ञँवालले रथमा बेत बाँध्ने, घकुले रथ नियन्त्रण गर्ने गर्छन् । गुठीले यी रकमेको फरक–फरक संख्यामा दरबन्दीको व्यवस्था गरेको छ ।

वि.सं.२०७५ वैशाख १२ बुधवार १५:५४ मा प्रकाशित

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...