back
CTIZAN AD

चौध किलो सुन कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ

वि.सं.२०७५ वैशाख १२ बुधवार

774 

shares

 

१२ वैशाख,काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १४ किलो सुन कारोबारमा संलग्न चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

ब्यूरोबाट खटिएको टोलीले विसं २०७४ भदौ १४ मा टोखा नगरपालिका–११ सामाखुशीमा फेला परेको सुन कारोबारीमा संलग्न चिनियाँ नागरिक ४० वर्षीय जेड हङलाई मंगलबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

सोही समयमा उक्त सुन सामाखुशीमा सिन्धुपाल्चोकका पेम्बा दोर्जे शेर्पा बस्ने कोठाबाट प्रहरीले बरामद गरेको थियो भने एक किलो भने धनुषाबाट बरामद गरेको थियो । ब्यूरोले भदौमा फेला परेको सुन ओसारपसार गर्दै आएका सात जनालाई भने यसअघि पक्राउ गरिसकेको छ । पक्राउ परेका जेड हङलाई आज काठमाडौँ जिल्ला अदालतबाट अवैध सुन ओसारपसार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

वि.सं.२०७५ वैशाख १२ बुधवार २१:०४ मा प्रकाशित

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...