१२ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले आइतबार प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आज सर्वसम्मतिले पारित भएको छ ।
प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रस्तुत गरेको उक्त नीति तथा कार्यक्रममाथि तीन दिनसम्म छलफल भएको थियो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभाको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।
मुख्यमन्त्री शाहीले अहिले प्रदेश सरकारले ल्याएको तीन महिने नीति तथा कार्यक्रम २०७५/७६ को जग भएको बताउँदै सुर्खेत–बर्दिया सुरुङमार्ग, रैथाने बाली र पर्यटन विकासलाई पहिलो प्राथमिकता दिइएको जानकारी दिए ।
बैठकमा नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रतिपक्षलाई कमजोर ठानेर प्रदेश सरकारले मनोमानी गरेको आरोप लगाए ।
वि.सं.२०७५ वैशाख १२ बुधवार २१:१६ मा प्रकाशित






























