back
CTIZAN AD

चालु आवमा ७९५ बलात्कारका घटना दर्ता

वि.सं.२०७५ वैशाख १३ बिहीवार

663 

shares

9th human rights day
१३ वैशाख, काठमाडौँ  । नेपाल प्रहरीको तथ्याङ्कअनुसार चालू आवको फागुनसम्ममा प्रहरीमा ७९५ बलात्कारसम्बन्धी घटनाको उजुरी दर्ता भएको छ ।

अघिल्लो आवमा एक हजार १३१ वटा बलात्कारसम्बन्धी घटनाको उजुरी प्रहरीमा परेको काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्रप्रसाद शर्माले जानकारी दिए ।

महिलाका लागि साझा अभियान, नवौँ मानव अधिकार राष्ट्रिय महाभेला तथा संकल्पले  राजधानीमा आयोजना गरेको महिला सुरक्षासम्बन्धी कार्यक्रममा उनले भने, “गत आर्थिक वर्षमा ११ वटा यस्ता बलात्कारका घटना दर्ता भएको थियो, अहिलेसम्मको अवस्था हेर्दा यस वर्ष पनि गत वर्षभन्दा पनि बढी बलात्कारका घटना हुने देखिन्छ ।”

केन्द्रीय बाल कल्याण समितिको तथ्याङ्कअनुसार चालू आवमा भएको भएको बलात्कारसम्बन्धी घटनाअनुसार ३१ प्रतिशत १० वर्षमुनिका, ६२ प्रतिशत ११ देखि १५ वर्षभित्रका, सात प्रतिशत १६ देखि १८ वर्षसम्मका किशोरी बलात्कारमा परेका छन् ।

पाँच वर्षमुनिका बालिकादेखि ६० वर्ष माथिका महिला पनि बलात्कार हुने घटना बढेको भन्दै उनहरुले कानून संशोधन गरेरै भए पनि बलात्कारीलाई आजीवन कारावासको सजायदेखि मृत्युदण्डको व्यवस्था आवश्यक भएको सुझाव दिए ।

कार्यक्रममा मानव अधिकारकर्मी चरण प्रसाईंले कानूनी शासनको राम्रो अभ्यास गरी बलात्कार जस्तो जघन्य आपराधिक घटनाको अन्त्य गर्नुपर्ने बताए ।

संकल्पको अध्यक्ष एवं मानव अधिकारकर्मी लिली थापाले बलात्कारसम्बन्धी घटनाको अन्त्यका लागि सुरक्षा निकायमा महिला सुरक्षाकर्मी वृद्धि गरिनुपर्ने, महिला सुरक्षाको लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने तथा बलात्कारसम्बन्धी स्पष्ट नीति बनाउन आवश्यक रहेकामा जोड दिए ।

कार्यक्रममा समाजशास्त्री डा विन्दु पोखरेल तथा डा छत्रा अमात्यले विद्यालय तथा कलेजका युवालाई मानवअधिकार र जघन्य अपराधका सम्बन्धमा पाठयक्रममार्फत नै शिक्षा दिई बलात्कार घटनाको अन्त्य गर्न पहल गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा सहभागी अधिकांश महिला अधिकारकर्मीले बलात्कारमा सहभागी जो कोहीलाई आजीवन कारावासमा राखेर यातना दिनुपर्ने बताउँदै १२ वर्षमुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिनुपर्नेमा जोड दिएका थिए ।

वि.सं.२०७५ वैशाख १३ बिहीवार २०:४४ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...